Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो

वीरगञ्ज, २१ साउनः पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो लागेको छ । अन्य दिन...

वीरगञ्ज, २१ साउनः पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो लागेको छ । अन्य दिनभन्दा आज  मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो ।  दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वर महादेवको आज दर्शन गर्नका लागि बिहानैदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामवद्ध भएको बताउनुभयो । "भारतका विभिन्न राज्यबाट आइतबार बेलुका नै हजाराँै दर्शनार्थी मन्दिर प्राङ्गणमा आइसक्नुभएको छ । टाढा–टाढाका दर्शनार्थी अघिल्लो दिनमै आउने गर्नुहुन्छ । रातभर महादेवको आराधाना गरेर बिहानै जल चढाएर पूजापाठ गरेर जाने गर्नुहुन्छ ।"

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा  दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

उहाँले सोमबार भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताउनुभयो । अध्यक्ष थारूले सोमबार मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गर्नुभयो ।

पर्टेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आउने दशनार्थीको व्यवस्थापनमा जुट्दै आइरहेको बताउनुभयो । "यो पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने निकै चर्चित महादेवको भाथाधाम हो", उहाँले भन्नुभयो, "भारतका विभिन्न राज्यबाट यो मन्दिर दर्शन गर्न हजाराँै दशनार्थी आउने गर्नुहुन्छ ।" मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्रयाक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दशनार्थी मोटरसाइकल र ट्रयाक्टर चढेर आउने गर्छन् । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ ।

यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ ।  अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ ।

पर्साको पोखरिया नगरपालिकाबाट दुग्धेश्वर महादेवको शनिबार दर्शन गर्न आएका जटाशङ्कर साहले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताउनुभयो । "पर्सामा भएको यो ऐतिहासिक र प्राचीन महादेव मन्दिरका रूपमा चर्चित छ", उहाँले भन्नुभयो, "परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै दर्शन गर्न आएका हौँ ।" वीरगञ्ज महानगरका प्रविन पटेल पनि हरेक वर्ष दुग्धेश्वर महादेव मन्दिरको दर्शन गर्न परिवारसहित आउने बताउनुभयो । "यहाँको मन्दिरमा दर्शन गरेपछि आत्मसन्तुष्टि हुने गर्छ", उहाँले भन्नुभयो, "यस वर्ष पनि श्रीमती र छोरालाई मोटरसाइकलमै राखेर दर्शन गर्न ल्याएको हुँ ।" भाथाधाममा वैशाख त्रियोदशीको दिन बर्सेनि मेला लाग्ने गर्छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content