Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगर मावि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

अजय यादव "वियोगी "     "बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगर मावि बधाई तथा सम्मान कार्यक्रम  सम्पन्न " बाराको कलैया उ...

अजय यादव "वियोगी " 


  


"बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगर मावि बधाई तथा सम्मान कार्यक्रम  सम्पन्न "
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल  राष्ट्रिय  माध्यमिक विधालय धर्मनगरमा S.E.E.२०८०को ब्याचमा उतिर्ण भएका बिधार्थीहरुलाई बधाई  तथा सम्मान कार्यक्रम  सम्पन्न  भएको छ ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि  वडा नम्बर -१२ का वडाध्यक्ष एवम् व्यवस्थापन समिति अध्यक्ष लालबाबु मण्डल रहनु भएको थियो।अतिथिहरु व्यवस्थापन समिति सदस्यहरु पुजा कुमारी राम ,संगीता कुशवाहा ,उमेश केशरी लगायतका रहनु भएको थियो ।विधालय व्यवस्थापन समितिमा विधालयका तर्फबाट  प्रतिनिधि रहेका रामकिशोर यादव ,विधालयका शिक्षकहरु  ,नसिर अख्तर ,संजय पटेल ,राजकुमार यादव दिपक कुमार गुप्ता , प्रदिप कुमार गुप्ता ,लेखा शाखाका संजय यादव, राकेश  केशरी ,शिक्षिका जितु कुमारी यादव ,विधालयका कार्यालय सहयोगी विशाल पासवान लगायतको विशेष उपस्थिति  रहेको थियो । बिधार्थीहरु सम्मानित भएपछि हर्षित भएका थिए ।सम्मानित हुनेहरुमा नन्दनी कुमारी साह ,धनमन्ती यादव ,अमित केशरी ,प्रित्मा कुमारी गोढ ,अर्जुनकुमार साह ,विकास राम ,अंशु राम ,रामविनय साह  ,अवधेश केशरी ,मंजीत कुमार साह ,निर्माला कुमारी यादव र अनुराधा कुमारी केशरी रहेको विधालय प्रशासनले जानकारी दिएका छन्  ।४६ बिधार्थीले धर्मनगर माविबाट एसईईमा  सहभागी भएका थिए ।जसमध्ये १२ जना उतिर्ण भएको  विधालयका शिक्षक नसिर अख्तरले बताउनुभयो ।२६.०९ प्रतिशत ल्याई विधालयबाट बिधार्थीहरु उतिर्ण भएको शिक्षक अख्तरले बताउनुभयो।सो कार्यक्रममा विधालय व्यवस्थापन समितिलाई पनि विधालयले सम्मान  तथा प्रमाणपत्र वितरण गरेको थियो ।विधालयमा यस्ता कार्यक्रम बिधार्थीहरुमा उर्जा थप्निने भएकाले निरन्तर रहिरहने   र सक्दो सहयोग गर्ने विधालय व्यवस्थापन समिति अध्यक्ष ,वडा नम्बर -१२ का वडाध्यक्ष एवम्  प्रमुख  अतिथि लालबाबु मण्डलले बताउनुभयो ।विधालयमा अब प्राविधिक ढंगले पढाइ लागु  गर्न अाफु लागि  परेको पनि वहाँले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content