Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको १२अौ नगर सभा सम्पन्न ,६१ करोड ४३ लाखको बजेट सार्वजनिक "

अजय यादव वियोगी  कलैया ,बारा । " बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको १२अौ नगर सभा सम्पन्न ,६१ करोड ४३ लाखको बजेट सार्वजनिक ...
अजय यादव वियोगी 
कलैया ,बारा ।




" बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको १२अौ नगर सभा सम्पन्न ,६१ करोड ४३ लाखको बजेट सार्वजनिक "
बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको १२ अौ नगर सभा भव्यताका साथ सम्पन्न भएको छ। पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहको अध्यक्ष्ातामा भएको नगर सभाको प्रमुख अतिथि बाराका उत्कृष्ट मेयर ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह रहनु भएको थियो ।विशिष्ट अतिथिहरुमा उपमेयर नसिमा खातुन ,पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता लक्ष्मी यादव ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -९ का वडाध्यक्ष गगनदेव प्रसाद यादव ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन ,लेखा अधिकृत हसिम अंसारी ,शिक्षा शाखाका सह-संयोजक  मुकेश कुमार पटेल लगायतका रहनु भएका थिए ।
 पचरौता नगरपालिकाको सभा हलमा उक्त नगर सभा सम्पन्न  भएको हो ।आर्थिक वर्ष २०८१।०८२ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।
 बारा जिल्लाको  १६ पालिका मध्ये उत्कृष्ट पालिका पचरौताले सबै कुरा पारदर्शी गएका छन् ।पचरौता नगरपालिकाले ६१ करोड ४३ लाखको बजेट  सार्वजनिक गरेका छन् ।
संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड २७ लाख, सःशर्त अनुदान २३ करोड ८ लाख, समपूरक अनुदान एक करोड १० लाख, संघ विशेष अनुदान ७० लाख, राजस्व बाडँफाँडको ९ करोड ८८ लाख, प्रदेश सरकारको समानीकरण अनुदान ९० लाख, प्रदेशको स:शर्त अनुदान ५० लाख, समपूरक अनुदान २० लाख, विशेष अनुदान २० लाख र नगरपालिकाको अनुमानित आन्तरिक स्रोत ६ करोड ६०लाख  गरेर र अघिल्लो आर्थिक वर्षको संचित ७ करोड गरेर बजेट विनियोजन गरिएको बाराको उत्कृष्ट मेयर ,पचरौता नगरपालिकाका मेयर एवम्  प्रखर प्रवक्ता जलान्धर सिंहले उक्त अवसरमा बताउनुभयो ।अघिल्लो वर्षको अधुरो कामलाई निरन्तरता र आगामी वर्षका लागि जनतामुखी योजना ल्याएको पचरौता नगरपालिकाका मेयर सिँहले बताउनुभयो । आम जनताले पचरौता नगरपालिकाले गरेको कामको अनुभुति गर्न पाउन भन्ने उद्देश्यले  शिक्षा ,स्वास्थ्य  ,कृषि ,भौतिक  पुर्वाधारमा पहिला भन्दा  दोब्बरले काम भईरहेको कार्यक्रमका प्रमुख अतिथि एवम् मेयर सिँहले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खेलकुद, जेष्ठ नागरिक, युवा, महिला तथा आर्थिक, सांस्कृतिक रुपान्तरण लगायतको कार्यक्रम ल्याएर पचरौताले  जनताको ढुक्ढुक्की बन्न सफल भएको मेयर सिँहले बताउनुभयो ।मेयर सिँहले नै उक्त बजेट सार्वजनिक गर्नु भएको थियो ।पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् प्रवक्ता लक्ष्मी यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।उक्त नगर सभा सबै मिली पारित गरेका थिए।कार्यक्रममा पचरौता नगरपालिकालाई सहयोग गर्नु हुने कर्मचारी ,पत्रकार ,जेष्ठ  नागरिक ,शिक्षक , समाजसेवी ,बुद्धिजीवी  लगायतकालाई नगरपालिकाले सम्मान गरेका हुन ।विगत भन्दा पचरौता नगरपालिका शान्तिपूर्ण ढंगले सञ्चालनमा रहेको र जनतामुखि काम गरेर सबैको मन जित्न सफल भएको वक्ताहरुले उक्त अवसरमा बताएका हुन ।पचरौता नगरपालिकामा सुशासन कायम गर्न अाफू एक रति पछाडि नहट्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहले बताउनुभयो।कानुनको अधिनमा रहि कामकाज गरिने समेत प्रशासकीय अधिकृत साहले बताउनुभयो ।पचरौता नगरपालिकाले बाराका १६ पालिका मध्ये उत्कृष्ट पालिकाको रुपमा काम गर्दे गएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content