Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मेयर टी–२० कपः कलैयालाई पराजित गर्दै मोतीहारीले हात पार्यो

वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको छ । कलैयालाई सात विकेटल...

वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको छ । कलैयालाई सात विकेटले पराजित गर्दै मोतिहारीले उपाधी हात पारेको हो ।

बारा कलैयाको सिद्धेश्वर मैदानमा टस हारेर ब्याटिड्ढो निम्तो पाएको कलैयाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय २९ को मध्यम स्कोर खडा गरेको थियो । कलैयाका लागि ओपनर साहिल पटेलले ४२ र निखिल सिंहले २७ बनाए । कलैयाका अन्य ब्याटर चल्न सकेनन् । मोतिहारीका अमित चन्द्रले तीन विकेट लिए ।

कलैयाले दिएको एक सय ३० रनको चुनौती पछ्याउन मैदानमा उत्रिएको मोतिहारीले १९.३ ओभरमा तीन विकेट गुमाएर जित हात पारेको हो । मोतिहारीको जितमा सकिबुल गनी नायक बने । उनले ५१ ब्लमा चार छक्का र आठ चौका प्रहार गर्दै ७३ रन जोडे ।

गनी भारतको रणजी ट्रफी खेल्ने खेलाडी हुन् । उनले बिहारबाट खेल्ने गरेका छन् । सन् २०२२ को रणजी ट्रफीमा गनीले डेब्यु खेलमै तीन सय ४२ रन बनाएर रेकर्ड कायम गरेका थिए । मोतिहारीका लागि अर्का ब्याटर सुदर्शन कुमारले ३६ रन बनाए । कलैयाका तृतराज दास र साहब आलमले समान एक विकेट लिए ।

उपाधी विजेता मोतिहारीले ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता कलैयाले भने २५ हजार पाएको छ । मोतिहारीका सकिबुल गनी प्लेयर अफ दि सिरिज घोषित भएका छन् । उनले १० हजार नगद प्राप्त गरे । यसैगरी प्रतियोगिताको उत्कृष्ट बलर मोतिहारीकै अफान गनी घोषित भने उत्कृष्ट ब्याटरको पुरस्कार गौरका बिजय यादवले प्राप्त गरे । उनिहरूले ५–५ हजार हात पारेका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई कलैया उमहानगरपालिकाका नगर प्रमुख विनोद साह, नगर खेलकुद विकास समितिका अध्यक्ष एम समिउल्लाह, बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया, कलैया क्रिकेट क्लबका अध्यक्ष तसरूदिन मन्सुरलगायतले पुरस्कृत गरेका थिए ।

कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लब र बारा जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content