Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

महानगरभित्र होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी

वीरगंज, २७ वैशाख । वीरगंज महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी दिएको छ । वीरगंज महानगरक...

वीरगंज, २७ वैशाख । वीरगंज महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी दिएको छ ।


वीरगंज महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित बजार अनुगमन समितिद्वारा आज होटलहरूको अनुगमन गरेको थियो ।


केही दिनयता विभिन्न  सामाजिक संजालहरूमा केएफसीले उपलब्ध गराएको खानाको फोटोसहित जनगुनासो आएपछि बिहीवार अनुगमन टोलीले वीरगंजमा रहेको केएफसी होटलमा अनुगमन गर्दा किचेन र आउटलेटमा ठीक देखिएको र केही कैफियत नभेटिएको वीरगंज महानगरका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले बताउनु भयो ।

 
टोलीले गण्डकस्थित क्लार्क रिसोर्टको पनि अनुगमन गरेको थियो । अनुगमन गर्दा क्लार्क रिसोर्टको किचेन फोहोर देखिएको, किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र डेट एक्स्पाएर भएको मसाला पाइएपछि होटल प्रशासनलाई सचेत गराइएको अनुगमन टोलीका सदस्य कन्हैया ठाकुरले बताउनुभयो ।

 
अनुगमन टोलीका सदस्य होटल तथा पर्यटन  ब्यबसायी संघका अध्यक्ष  हरि पन्तले राम्रो सरसफाइ गरी किचेनलाइ ब्यवस्थित राखेर ग्राहकहरूलाई  स्वस्थ परिकार र सेवा दिनुपर्ने बताउनुभयो । होटल ब्यवसायीहरूलाइ प्रोत्साहन गर्दै उहाँले होटल व्यवसायलाई स्वच्छ सफा र मर्यादित बनाउन आग्रह गर्नुभयो ।

 
अनुगमन टोलीमा बिपिन कुमार दास, खाद्य अधिकृत सुरेशकुमार सिंह,  होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि  प्रहरी, सशस्त्र प्रहरी लगायतका सहभागीता थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content