स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

संयुक्त एम्बुलेन्स चालक संघ द्वारा बाराको कलैयामा भव्यरुपमा होली मिलन समारोह २०८० सम्पन्न "

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा ।
"संयुक्त एम्बुलेन्स चालक संघ द्वारा बाराको कलैयामा


 भव्यरुपमा होली मिलन समारोह २०८० सम्पन्न " 
बाराको कलैयामा रहेको राज लक्ष्मी अस्पतालमा संयुक्त एम्बुलेन्स चालक संघ  जिल्ला कार्य समिति बाराद्वारा  होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला अध्यक्ष दिपेन्द्र महतो कोईरी अध्यक्ष्ातामा भएको होली मिलन समारोहको प्रमुख अतिथि तरुण दल बाराका युवा नेता लुकेश सिँह रहनु भएको  थियो ।विशिष्टहरुमा राज्य लक्ष्मी अस्पतालका सञ्चालक विजय साह ,डा.नवलकिशोर पण्डित ,डा रामनिवास साह , डा.सुनिलकुमार पटेल ,डा उपेन्द्र  यादव ,डा. मनोज कुशवाहा एम्बुलेन्स चालक संघ मधेस प्रदेशका अध्यक्ष  नौसाद अंसारी  ,ट्राफिक प्रहरी अस्थायी पोष्ट कलैयाका प्रमुख माधव कुमार सिलवाल ,कलैया अस्थायी प्रहरी चौकी बस पार्कका प्रमुख ,पत्रकार लगायतका रहनु भएको थियो ।बारा जिल्लामा एम्बुलेन्स चालकहरु देखेकाको कामको सधैं चर्चा हुदै  अाएको छ।होली मिलन समारोहमा  शुभकामना राख्ने अधिकाँश वक्ताहरु एम्बुलेन्स चालकको अवस्थाको मध्य नजर गरि काम गर्नुपर्ने अावश्यकता रहेको बताउनुभयो ।जोखिम मोलेर काम गर्ने त्यस्ता चालकहरुको सेवा ,सुविधा जरुरी रहेको पनि वक्ताहरुले बताएका हुन ।अस्थायी ट्राफिक प्रहरी पोष्ट कलैयाका माधव सिलवालले भने एम्बुलेन्स चालकहरु सधैं जिम्मेवारी बहन गरे ट्राफिक प्रहरीलाई सहज हुने बताउनुभयो ।एम्बुलेन्स अाफैमा संवेदनशील भएको र कसैको ज्यान बचाउन मद्दत गर्नेमा अथक सहयोग गर्ने वाहनको रुपमा रहेकाले सो चलाउने चालकहरुलाई ट्राफिक नियमको पालना गर्नुपर्ने अति अावश्यक भएको ट्राफिक प्रमुख सिलवालले बताउनुभयो ।बिरामी बोकेको बेला साईरन बजाउनु नियमसंगत भएपनि  बिरामी नभएका बेला साईरन बजाउँदै जानु अाफैमा सोचनिय कुरा भएको वहाँले बताउनुभयो।होली मिलन समारोहका प्रमुख अतिथि एवम् युवा नेता लुकेश सिँहले एम्बुलेन्स चालकहरूलाई मिनि डाक्टर भएको संज्ञा दिनु भएको छ ।प्रमुख अतिथि सिँहले भने अाफू हेटौंडाको कार्यक्रम छोडेर माया भएर कार्यक्रममा सहभागी भएको र एम्बुलेन्स चालक मात्र नभई मजदुरहरुको हकहितमा अाफू सधैं बोल्दै र सहयोग गर्दै अाएको बताउनुभयो ।भारतीय एम्बुलेन्स कम रकममा बिरामी अोसार पसार गरेको प्रति कटाक्ष गर्दे यदि नियम संगत नभए एम्बुलेन्स चालक संघ अथवा अाफूलाई बोलाई नियन्त्रण लिन समेत बताउनुभयो।जनताको सेवासँग कसैले खेलवाड गरे अाफूलाई सहय नहुने  प्रमुख अतिथि सिँहले बताउनुभयो।चालक मध्ये एम्बुलेन्स चालकको छुट्टै पहिचान र महत्त्व भएकाले सधैं  बिरामी बोकेपछि अाफ्नो कर्तव्य निभाउन र एम्बुलेन्समा अवैध समान नराख्न पनि अाग्रह गर्नुभयो ।एम्बुलेन्समा कैयौं पटक लागु अौषध बरामद हुने गरेको समाचारले अाफू र जनता पनि अछुतो  नरहेकाले जुन कामका लागि  प्रयोग गरि सोही गर्न प्रमुख अतिथि सिँहले अाग्रह गर्नुभयो ।कुनै समस्यामा अाफू पछाडि नपर्ने पनि वहाँले प्रतिबद्धता गर्नुभयो।एम्बुलेन्स चालक संघ मधेस प्रदेश अध्यक्ष नौसाद अंसारीले कम पारिश्रमिकमा अहिले पनि एम्बुलेन्स चालकहरूले काम गरिरहेको बताउनुभयो ।८ हजार देखि २५ हजार सम्म पाउने एम्बुलेन्स चालकहरुको अवस्था दयनीय भएको अध्यक्ष अंसारीले बताउनुभयो ।बिरामी बोकेर कहि कतै बाहिर जाँदा झन् समस्या हुने गरेको बचत पनि नहुने गरेको सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको अध्यक्ष अंसारीले बताउनुभयो। कार्यक्रममा वक्ताहरुले होलीमा सबैले मित्रता भावनामा रहेर अगाडि बढनु पर्ने अावश्यकता रहेको बताएका थिए ।कार्यक्रममा एम्बुलेन्स चालकहरु शेख सर्फुदिन  ,रंजित यादव ,धिरज चौधरी , मुकेश यादव लगायत सबै एम्बुलेन्स चालकहरु उपस्थिति रहेको थियो ।एकअापसमा रंग र अबिर साटासाट गरि होली मिलन समारोह भव्य रुपमा मनाईएको जिल्ला अध्यक्ष दिपेन्द्र महतो कोईरीले श्री गढीमाई राष्ट्रिय  द‌ैनिकलाई जानकारी दिएका छन् ।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी साजिर मंसुरले गरेका थिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: संयुक्त एम्बुलेन्स चालक संघ द्वारा बाराको कलैयामा भव्यरुपमा होली मिलन समारोह २०८० सम्पन्न "
संयुक्त एम्बुलेन्स चालक संघ द्वारा बाराको कलैयामा भव्यरुपमा होली मिलन समारोह २०८० सम्पन्न "
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEik6yaVgObZAkP-ZctynYFJEPJ79D2CbQq_FjZYgFzjbjJIIK4tqUUwjzHNFaQCLBHBqNWwpB30LONANW7JepkFtJjxRofxVpiKlLuQJyYG9i4azbqw3vkxcvYGWyPVkYm39zSa5hXsb_7p/s1600/IMG_ORG_1710041892395.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEik6yaVgObZAkP-ZctynYFJEPJ79D2CbQq_FjZYgFzjbjJIIK4tqUUwjzHNFaQCLBHBqNWwpB30LONANW7JepkFtJjxRofxVpiKlLuQJyYG9i4azbqw3vkxcvYGWyPVkYm39zSa5hXsb_7p/s72-c/IMG_ORG_1710041892395.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2024/03/blog-post_19.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2024/03/blog-post_19.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content