Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प...

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार शंकास्पद वस्तु पडकिंदा घाइते भएका पाँचजनामध्ये दुईजनाको हिजो र आज एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगंज महानगरपालिका वडा नं.९ बस्ने वर्ष २० को रितु रजतको उपचारको क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

यसैगरी प्रहरीले सो घटनामा अनुसन्धानको क्रममा भारत, मोतिहारी बस्ने वर्ष ४० को राज भन्ने रमेश जैसवाल (कबाडको सामान किन्ने व्यक्ति) र निजगढ न.पा.९ बस्ने वर्ष २९ को टिकाराम पाख्रिङ (कबाडि बेच्ने)लाई पनि पक्राउ गरेको जिप्रका, बाराका प्रवक्ता प्र.ना.उ.दधिराम न्यौपानेले जनाएको छ ।

फागुन १४ गते निजगढ नगरपालिका वडा नं.७ निजगढ बजार स्थित रेशम मगरको रोहित वर्कसप लेथमा ग्याँस बेल्डिङ गर्ने क्रममा वर्ष ४५  को रेशम मगरको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसैगरी , भारतको गवाई वस्ने वर्ष ३५ को राकेश जैसवालको पनि बयोधा अस्पतालमा उपचारको क्रममा हिजो राति ९ः४० बजेको समयमा मृत्यु भएको थियो ।

यसैगरी विस्फोटमा परी घाइते भएका निजगढ नगरपालिका, वडा नं.०५ बस्ने ४५ को सुर्य बहादुर थापा, सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भई रहेको छ भने वीरगंज महानगरपालिका वडा नं.९ बस्ने अं.वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल र भारत, रामघडवा बस्ने वर्ष २० को अरविन साहको पनि उपचार भइरहेको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content