Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पूनमको हत्याको आरोपमा इमरान पक्राउ

वीरगंज २१ असोज ।  वीरगंज–१ बजार छपकैयाकी पुनम देवी सोनारको हत्याको आरोपमा सोही ठाउँमा बस्ने इमरान मियाँलाई पक्राउ गरेको छ । आइतवार जिल्ला प्...

वीरगंज २१ असोज । 

वीरगंज–१ बजार छपकैयाकी पुनम देवी सोनारको हत्याको आरोपमा सोही ठाउँमा बस्ने इमरान मियाँलाई पक्राउ गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना इमरानलFई सार्बजनिक गरेको थियो । 

बजार छपकैया निवासी ४० वर्षिया पुनमको शुक्रवार बिहान हत्या भएको थियो । घटनाको सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी कोमल शाह घटनास्थलमा पुगेर तालिमप्राप्त कुकुरबाट अनुशन्धान गरेका थिए । अनुसन्धानको क्रममा सोहि स्थान बस्ने रसुल मियाँको छोरा वर्ष २५ को इमरान मियाँ पक्राउ परेको प्रहरीले जनाएको छ । 

इमरान पुनमको घरमा चोरी गर्ने नियतले प्रवेश गरेको र दुवैबीच झडप हुंदा फलामे रडले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको प्रहरी दावी छ । 

असोज १९ गते बिहान ३ः३० बजेको समयमा भारत विहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल वीरगंज म.न.पा.वडा नं. १ छपकैया बस्ने गगनदेव प्रसादको श्रीमती वर्ष ४० की पुनम देबी राती खाना खाई सुत्ने कोठाको ओछ्यानमा एक्लै सुतेको थिइन् । भोलिपल्ट जितिया पर्वको दिन उनको दिदी निलम देवी साहले पुजाको लागि उठाउन पुगेकी थिइन् । जाँदा बोलाउदा नबोलेको, घरको ढोका बाहिरबाट लगाएको अवस्थामा ढोका खोली हेर्दा टाउकोमा गहिरो चोट लागि गम्भीर अबस्थामा देखेपछि आफन्त बोलाइ उपचारको लागि अस्पताल लगेकी थिइन् । नारायणी अस्पताल हुदै थप उपचारको लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्जमा लगेकोमा उपचारको क्रममा बिहान ७ः४५ बजे पूनमको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसपछि प्रहरीले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीबाट घटनास्थलको अनुसन्धान र पूनमको शव सदगतको लागि उनको पति गगनदेव प्रसादलाई जिम्मा लगाएको थियो । 

मियाँ लागू औषधको दुब्र्यसनी रहेको र असोज २० गते उनको घरमा विवाद भए पछि राति १ः५३ बजे मियाको घरनजीकै रहेको वडा कार्यालयमा सुत्छु भनी गेट चढेर भित्र प्रवेश गरेका थिए तर सो घरको ढोका बन्द रहेको कारण इमरान पूनमको घरमा प्रवेश गरेको प्रउ शाहले बताए ।  

ईमरान मियाँँ लागू औषध किन्नको लागि चोरी गर्ने उद्देश्यले पूनमको घरको झ्यालको मदतले घरको छतमा चढेका थिए । त्यसपछि छतमा रहेको १ फिट लामो फलामको छड उठाइ घरभित्र प्रवेश गरेका थिए । 

पूनम जितिया पर्वको तयारीको लागि उठिकसेकी थिइन । इमरान घर भित्र प्रवेश गर्दा दुवैबीच जम्काभेट भएको र महिला डराएर चिच्याउँदा इमरानले हातमा रहेको फलामको छड्ले टाउकोमा प्रहार गरेपछि पूनम वेहोस भई ढलिन । त्यसपछि इमरानले नजिकको कोठाको ओछ्यानमा लगेका थिए ।

इमरानले कोठाको बत्ती बालेर हेर्दा पूनमको आँखा खुलेको देखि पुनः सोही फलामको छडले पटक पटक टाउकोमा प्रहार गरेर घरको मूल ढोका खोलेर बाहिरबाट चुकुल लगाइ पूर्वतर्फ भागेको प्रउ शाहले बताए ।

त्यसपछि इमरानले वारदातको समयमा लगाएका कपडाहरू नजिक रहेको नासिर खोलामा फालेको थिए । भने फलामको छड घटनास्थलबाट पुर्ब तर्पm रहेको धान खेतमा फालेको अबस्थामा प्रहरीले बरामद गरेको थियो । 

इमरानमाथि कर्तव्यज्यान मुद्दा चलाइएको प्रउ शाहले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content