Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंजको ठाउँ–ठाउँमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान

वीरगंज, ३१ साउन  । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रूपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक स...

वीरगंज, ३१ साउन  । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रूपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिभी क्यामरा रडार मोनिटरीङ्ग सिस्टमको बुधवार उदघाटन गरिएको छ । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अत्याधुनिक सिसिटिभी क्यामराको उदघाटन गर्दै अब वीरगंजको सुरक्षामा मद्दत पुग्ने बताए । महानगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरण,  सरसफाई, नगरवासीको सुरक्षालाई प्राथमिकतामा राखेर सिसिटिभी जडान गरिएको बताए । 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रूममा जडान गरिएको अत्याधुनिक सिसिटिभी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउँन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताए ।
वीरगंज महानगरपालिकाको २७ लाख रुपियाँँको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रूममा राडर सहितको क्यामरा जडान गरिएको हो ।

उक्त क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरूलाई समेत कारबाई गर्न सहज हुने पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।वीरगंज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटनास्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागीता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content