स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

विधुत्त वितरण केन्द्र कृष्णनगरले १ बर्षमा ९० करोड भन्दा बढी विद्युत महसुल उठाउन सफल"

SHARE:

अजय मिश्र 
कपिलवस्तु 
"विधुत्त वितरण केन्द्र कृष्णनगरले १ बर्षमा ९० करोड भन्दा बढी विद्युत महसुल उठाउन सफल" 


  


नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन। विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालयबाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरिएको थियो।कृष्णनगर वितरण केन्द्रबाट कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका वडा नं ११ यस क्षेत्रमा विद्युत लाइन निर्माण, विस्तार, मर्मत तथा आपूर्ति सम्बंधी सम्पूर्ण कार्यगर्दै आएको छ। 
कृष्णनगर वितरण केन्द्रको आर्थिक बर्ष २०७८/७९ मा ४६,२२१ ग्राहकहरु रहेकोमा आर्थिक बर्ष  २०७९/८० मा २,१८८ ग्राहकहरु बृद्धि भई ४८,४०९ ग्राहकहरु पुगेका छन्। हाल ३३ के.भी. को ६३.४ किलोमीटर, ११ के.भी. को ४५६.४४ किलोमीटर तथा ४३०/२३० भोल्टको १,०९२.४९ किलोमीटर लामो लाइन तथा ४२५ थान नेपाल विद्युत प्राधिकरणका वितरण ट्रान्सफर्म हरूबाट विभिन्न स्थानमा लाइन सप्लाई भएको छ। 
विद्युत चुहावट नियन्त्रणका गतिविधि हरूलाई तिब्रता दिई साथै प्राविधिक चुहावटमा समेत कमी ल्याई यस वितरण केन्द्रको आर्थिक बर्ष २०७८/७९ मा १२.२२ प्रतिशत रहेको चुहावटलाई आर्थिक बर्ष २०७९/८० मा ९.४५ प्रतिशतमा न्यूनिकरण गर्न सफल रहेको छ। 
आर्थिक बर्ष २०७८/७९ मा विद्युत महसुल बापत रु ७३,७२,९८,६१४.९३ (९५.६५) प्रतिशत कलेक्शन भएकोमा आर्थिक बर्ष २०७९/८० मा रू ९०,८६,४६,१३६.१३ (९७.७५) प्रतिशत रकम संकलन भएको छ। संकलन प्रतिशत बढाउन प्रचार प्रसारका काम हरूलाई तिब्रता दिनुका साथै १,२९८ ग्राहकहरुको लाइन समेत काटिएको थियो। आर्थिक बर्ष २०७९/८० मा जम्मा ४९ ग्रहकहरूबाट रू २३,८०,९९०.८१ बराबरको कालोसूचीमा रहेको रकम समेत असुलउपर भएको छ। 
कृष्णनगर वितरण केन्द्रमा ४० जना स्थायी कर्मचारी, २५ जना ज्यालादारी, ७ जना गोतागन्ती मिटर रिडर, १२ जना सेवा करारका कर्मचारी तथा ९ जना सुरक्षा गार्डहरु कार्यरत रहेको यस वितरण केन्द्रमा कृष्णनगर, महाराजगंज, चन्द्रौटा बाट विद्युत महसुल संकलन गर्न काउन्टर संचालन गरिएका छन्। कृष्णनगर, महाराजगंज, चन्द्रौटा तथा घनचौरामा अवस्थित चार ओटा सब -स्टेसनहरू बाट यस वितरण केन्द्र अन्तर्गतका स्थानहरूमा लाइन सप्लाई गरिएको  नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।


 नेपाल विद्युत प्राधिकरणको ३८औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले   बार्षिक कार्य समिक्षा प्रस्तुत समेत गरेको छ। प्रभातफेरी कार्यक्रममा विद्युत कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाजसेवी, बुद्धिजीवी, स्थानीय, पत्रकार लगायतको सहभागितामा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: विधुत्त वितरण केन्द्र कृष्णनगरले १ बर्षमा ९० करोड भन्दा बढी विद्युत महसुल उठाउन सफल"
विधुत्त वितरण केन्द्र कृष्णनगरले १ बर्षमा ९० करोड भन्दा बढी विद्युत महसुल उठाउन सफल"
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmNwADFluuREl9ggHcZRwIYgLlntGKXpjjcwlXiNwT_GDzobtjgR3UPpZiv5PgpaHOlBrovhyphenhyphenK-Q8i4zro2Dr8nEdIWrKqjYxJiQ6Elkhyphenhyphenhxm6YPhFdYSt56fdbWYOUA12RGxQLA7oA0zF/s1600/IMG_ORG_1692433565157.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmNwADFluuREl9ggHcZRwIYgLlntGKXpjjcwlXiNwT_GDzobtjgR3UPpZiv5PgpaHOlBrovhyphenhyphenK-Q8i4zro2Dr8nEdIWrKqjYxJiQ6Elkhyphenhyphenhxm6YPhFdYSt56fdbWYOUA12RGxQLA7oA0zF/s72-c/IMG_ORG_1692433565157.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/08/blog-post_19.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/08/blog-post_19.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content