Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पाल्पामा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

रामपुर (पाल्पा), २० असार पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिक...

रामपुर (पाल्पा), २० असार
पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रू पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा रू पाँच हजार प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । "गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने  खेतीयोग्य जमिन बाझिदै गएका छन्", उहाँले भन्नुभयो, "गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने,  आयस्रोत लिने तथा गाउँ बस्तीविहीन अवस्थामा नपुगोस् भनेर प्रोत्साहनस्वरुप भत्ता दिने नीति ल्याएका छौँ ।"

"गाउँमा जनसङ्ख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ । अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन् । कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ । खेतबारी बाझिएका छन् । गाउँमा जनसङ्ख्या सन्तुलित बनाउँदै काम गर्ने जनशक्तिलाई गाउँमै टिकाइ राख्नका लागि 'दुईभन्दा बढी सन्तान जन्माउनेलाई रू पाँच हजार भत्ता'को नीति ल्याइएको हो", वडा कार्यालयले उल्लेख गरेको छ ।

"शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक क्षेत्रमा राज्यले लगानी गरिदियो भने गाउँमा बसेका नागरिकले खेतीयोग्य जमिनमा खेती गरेर जीविकोपार्जन गर्न सक्छन् । पठनपाठन, स्वास्थ्योपचारमा राज्यले लगानी गरिदियो भने गाउँको जनशक्ति बाहिर जाने स्थिति आउँदैन", वडाध्यक्ष पोखरेलले भन्नुभयो । वडाले ल्याएको उक्त कार्यक्रम गाउँसभामा पारित भएको छ । उहाँका अनुसार दुईभन्दा माथि जति सन्तान जन्माए पनि जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।

यस वडामा विसं २०७८ को जनसङ्ख्या अनुसार छ सय १५ घरधुरी रहेको छ भने करिब दुई हजार जनसङ्ख्या बसोबास गर्छन् । विसं २०६८ को जनगणनाअनुसार वडामा दुई हजार तीन सय ३४ जनसङ्ख्याको बसोबास रहेको वडा कार्यालयले जनाएको छ । पालिकाभरिमा विसं २०७८ को जनगणनाअनुसार १५ हजार जनसङ्ख्या थियो भने विसं २०६८ मा १८ हजार जनसङ्ख्याको बसोबास रहेको थियो । एक दशकको अवधिमा तीन हजार जनसङ्ख्या घटेका पालिकाले जनाएको छ ।

गाउँबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायत कारणले सहर जाने क्रम बढ्ेकाले पनि गाउँमा बसोबास गर्नेको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् । गाउँमा ज्येष्ठ नागरिक र अधिकांश महिला मात्रै छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content