Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मलेसियालाई २२१ रनले हराउँदै नेपाललाई उपाधि

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेस...

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले केवल ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । निरजकुमार यादवले पनि ४७ रन बनाए । ओपनर ब्याट्सम्यान निरजले ४९ बलको सामना गरी ६ चौका हिर्काएका थिए ।

सन्तोष यादवले पनि २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे । ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मलेसियाका लागि छैटौं नम्बरका ब्याट्सम्यान मुहम्मद अक्रमले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । उनी १० रन बनाउँदै आउट भए । मलेसियाले अतिरिक्त रूपमा ६ रन पाएको थियो ।

नेपाली टोलीका बलर अभिषेख तिवारी एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएका थिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे । उनले तीन ओभरमा दुई मेडन राख्दै नौ रन खर्चिएका थिए । सागर गैरेले पनि एक विकेट लिए । अशोक धामीले पनि एक विकेट हात पारे ।  

नेपालले सोमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक मलेसिया भने अर्को सेमिफाइनल खेलमा हङ्कङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यही प्रतियोगिताको समूहगत चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । उक्त खेलमा विजयी भएपछि नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको विशाल अन्तरले पराजित गरेको थियो । साभारः रातोपाटी

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content