अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिका -२ कवही गोठमा बिना सुचना डोजर चलाउन खोज्दा ठुलो विवाद ,एक नाबालक सहित एक महिला गम्भीर घाइते " 

बाराको सुवर्ण गाउँपालिकामा फेरि विवाद सुरु भएको छ ।सुवर्ण गाउँपालिकाको हर्दिया विधालयको समस्या समाधान नहुदै कवही गोठमा सडक निकाल्ने बिषयमा ठूलो विवाद भएको छ।सुवर्ण गाउँपालिका -२ कवही गोठमा १३ फिटको सडक निकाल्ने क्रममा स्थानीयबासीसँग विवाद सुरु भएको स्थानीयबासीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।दिउँसो २:०० बजेको समयमा सुवर्ण गाउँपालिकाको डोजर कवही गोठका विनोद प्रसाद यादवको पर्खाल भत्काउन पुगेका थिए।सुवर्ण गाउँपालिकाका नगर प्रहरी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायतको दलबलको टोली पर्खाल भत्काउन खोज्दा स्थानीय महिलाहरुले प्रतिकार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।घरमा कोही नभएको मौका छोपी सुवर्ण गाउँपालिका वडा नम्बर -२ का वडाध्यक्ष रंजित यादवले डोजर बोलाई सो पर्खाल भत्काउन योजना बनाएको पिडित घरका महिलाले अारोप लगाएका छन्।यता पर्खाल र घर सडकमा परेको भएपनि सुरुदेखि काम नगरी बिचबाट भत्काउन खोज्दा समस्या सुरु भएको स्थानीयबासीको भनाई रहेको छ ।सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले जोर जबर्जस्ती डोजर चलाई पर्खाल भत्काउन लागेको भन्दै स्थानीय महिलाहरु घरेलु सामाग्री लिई डोजर चालक ,प्रहरी लगायत माथि प्रहार गरेको भएपनि एक्कासि नगर प्रहरी ,नेपाल प्रहरीले महिला माथि लाठीचार्ज गरेर कैयौंलाई घाइते बनाएको भएपनि विनोद यादव १२ बर्षका निरजन कुमार यादव र उनकी अन्दाजी ३५ बर्षिय श्रीमति अनिता यादव गम्भीर घाइते भएकि छिन् ।सुवर्ण गाउँपालिकाले अहिले सम्म कुनै सूचना नदिई घर भत्काउन खोजे प्रति जनप्रतिनिधिहरु नै रुष्ट भएका छन्।सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले मनमौजी डोजर लगाई कानुन खिलाफ काम गरेको भएपनि विधायक बच्चा राउत अहिरले पनि केही बोलेका छैनन ।दुवै जनाको मिलीगत मात्र होईन ।विधायक अहिरका छोरा अर्थात वडा नम्बर -२ का वडाध्यक्ष रंजीत यादवकै ईशारामा नै कवही गोठमा डोजर चलाउन खोजेको कवही गोठका समाजसेवीहरुले बताएका छन्।विधायक बच्चा राउत अहिरकै गाउँमा नै महिला माथि ज्यादती भएको प्रति महिलाहरु अाक्रोशित बन्न पुगेका छन्।कवही गोठमा कसरी डोजर चलेको अाफूलाई केही जानकारी समेत नदिईएको सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष एवम् महिला नेत्री पुनम कुमारी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।पालिकाको कुनै भूमिका नभएको एकलौटी अध्यक्षले जे मन लागेको त्यो गरेको बोर्डमा पनि कुनै छलफल नभएको उपाध्यक्ष यादवले बताईन ।यता प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले अाफूलाई डोजरको बिषयमा केही जानकारी नभएको र जनप्रतिनिधिहरुले नै उक्तलाई थाहा भएको बताउनुभयो।
प्रतिक्रिया