Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिका -४ हर्दिया सरस्वती टोलमा २० अौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव२०८० भव्यताका साथ सम्पन्न "

अजय यादव वियोगी  कलैय,बारा । "बाराको सुवर्ण गाउँपालिका -४ हर्दिया सरस्वती टोलमा २० अौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव२०८० भव्यताक...
अजय यादव वियोगी 
कलैय,बारा ।
"बाराको सुवर्ण गाउँपालिका -४ हर्दिया सरस्वती टोलमा २० अौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव२०८० भव्यताका साथ सम्पन्न " 


  


"जलवायु अनुकुलित कृषक मैत्री प्रविधि ,धान उत्पादनमा वृद्धि" भने मुल नाराका साथ बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दिया सरस्वती टोलमा २० अौँ राष्ट्रिय धान दिवस तथा महोत्सव २०८० भव्यताका साथ सम्पन्न भएको छ ।श्री सेमरमाई कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोककुमार यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा रहनुभएको थियो।विशिष्ट अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटी ,सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष पुनम कुमारी यादव ,राष्ट्रिय अनुसन्धान बाराका अभिनय कुमार सिँह ,सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन सिलवाल,प्रधानमन्त्री अाधुनिकिकरण परियोजनाका ,परियोजना कार्यान्वयन एकाई बाराका प्रमुख  हेमचन्द्र जैस्वार ,नेपाली काँग्रेसका युवा नेता सतेन्द्र यादव लगायतका रहनुभएको थियो ।यस्तै  अतिथिहरु कोष तथा लेखा नियन्त्रणका बिरेन्द्र प्रसाद घिमिरे ,सुवर्ण गाउँपालिका युवा नेता श्री भगवान गिरी ,कृषि ज्ञान केन्द्रका राजवंशी चौरसिया ,सुवर्ण गाउँपालिकाका कृषि शाखाका रामेश्वर अधिकारी ,परियोजना एकाईका लेखापाल छोटेबाबु यादव ,परियोजनाकै कर्मचारी अार्यन जोशी ,नेकपा एमालेका नेता ऋषिदेव प्रसाद यादव ,जसपाका नेता शिवनाथ यादव ,राजेश प्रसाद ,समाजसेवी संतोष केशरी ,समाजसेवी मोती प्रसाद यादव ,सुवर्ण गाउँपालिका -४ का पुर्व वडाध्यक्ष दोलेन्द्र प्रसाद यादव,परियोजना एकाईका कर्मचारी रिता कुमारी यादव ,मनोज कुमार धानुक ,चन्दा कुमारी ,सुजिता अर्याल लगायतकाको रहनु भएको थियो ।यस्तै अभय कुमार ,धर्मेन्द्र प्रसाद यादव ,दरोगा प्रसाद  शशी केसरी  ,पवन प्याकुरेल ,किरण थापा ,प्रमोद कुमार राम  बहिदार प्रसाद यादव ,सियाराम प्रसाद यादव ,शिवसहाय प्रसाद यादव ,लोटन साह ,समाजसेवी एवम् पुर्ववडाध्यक्ष बिरेन्द्र प्रसाद यादव ,संजय यादव ,नन्हक साह ,दशैँई यादव ,ललन यादव ,प्रमुख साह ,वडा नम्बर -४ का वडा सदस्य कुर्ताली प्रसाद यादव रामकिशोर यादव ,श्री सेमरमाई कृषि सहकारी संस्था लिमिटेडका अजय यादव ,चन्दा देवी ,जानकी देवी ,बलिष्टर प्रसाद यादव रामबाबु यादव ,प्रभा देवी लगायतकाको विशेष उपस्थिति रहेको थियो ।नेपालमा प्रत्येक साल अाषाढ १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव  मनाउदै अाएकोमा यसपालि पनि बाराकै सुवर्ण गाउँपालिका -४ हर्दियामा भव्यताका साथ महोत्सव भएको र किसानको मनोबल उच्च  बनाउन लागि अथक प्रयास भएको प्रमुख अतिथि एवम्  प्रमुख जिल्ला नवराज सापकोटाले बताउनुभयो।विभिन्न देशमा धानको उत्पादनमा वृद्धि हुँदै गएको प्राविधिकक मैत्री बन्दै गएकोमा यसपालि अर्थात २०८० कै नारामा नै जलवायु र कृषि मैत्री प्रविधि ,धान उत्पादनमा वृद्धि भन्ने नाराले सरकारले किसानमा प्रविधि पहुँचमा पुर्याउन कटिबद्ध रहेको संकेत देखाएको बताउनुभयो ।दक्षिणी भेगमा पर्ने सुवर्ण गाउँपालिका धानबालीको पकेट क्षेत्र भएको र चैते धान उत्पादन अग्र पंक्तिमा रहेकाले किसानको पिर मर्कामा सधैंसाथ दिन्न ब अाफू तत्पर रहेको प्रजिअ एवम्  प्रमुख अतिथि सापकोटाले बताउनुभयो ।यस्तै प्रधानमन्त्री अाधुनिकीरण परियोजना ,कार्यान्वयन एकाईका प्रमुख हेमचन्द्र जैस्वारले दक्षिणी भेगका किसानका प्रविधिमय खेती गर्नका लागि प्रोत्साहन बढाउने साथै खेती तर्फ झन्  अाकर्षितको निमित्त धान दिवस तथा रोपाइँ महोत्सव गरिएको बताउनुभयो।यस्तै सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष पुनम कुमारी यादवले किसानका लागि चाहिने मलखाध सहज ढंगले अापुर्ति गर्न र किसानको सिंचाइका लागि पालिका गम्भीर रुपले लागेको बताईन।हर्दियामा अायोजना गरिएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले अाफूलाई अत्यधिक खुशी बनाएको पनि उपाध्यक्षले बताईन।प्रधानमन्त्री कृषि अाधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन एकाई बारा अायोजक तथा श्री सेमरमाई कृषि  सहकारी संस्थाको हस-अायोजना उक्त रोपाइँ महोत्सव सम्पन्न भएको हो ।किसानहरुको बाक्लो उपस्थिति रोपाइँ महोत्सव गरिएको र संस्थाको अाफ्नै पहिचान भएको ,विगत २०६८ साल देखि बारामा छुट्टै काम गर्दै अाएको संस्थाका अध्यक्ष अशोककुमार यादवले बताउनुभयो।किसानको मुख्य सिंचाइ भएको भन्दै सबै जानकारीको निमित्त ठूलो अवसर मिलेको अाषाढ १५ गतेको दिनलाई किसानहरुले पर्वको लिने गरेको समेत अध्यक्ष यादवले बताउनुभयो। उपस्थित सबैले खेतमा गई धान रोपेको र दहि ,चिउरा,चिनी ,अाँप लगायतका परिकार खाएर महोत्सव मनाएको श्री सेमरमाई कृषिका सदस्यहरुले बताएका छन्।बारा जिल्लामा नै अहिले कृषि क्षेत्रमा सहकारीहरुको भूमिका बढदै गएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content