Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पहिलोपटक निकालिएको गहवामाई रथयात्रामा उर्लियो जनलहर

वीरगंज, ५ असार । वीरगंजको माईस्थानस्थित गहवामाई मन्दिरबाट आज पहिलोपटक रथयात्रा निकालिएको छ ।  गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वर्ष पूरा भ...

वीरगंज, ५ असार । वीरगंजको माईस्थानस्थित गहवामाई मन्दिरबाट आज पहिलोपटक रथयात्रा निकालिएको छ ।

 गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वर्ष पूरा भएको अवसरमा निकालिएको रथ यात्रामा जनलहर ओर्लिएको थियो ।

 
बिहान ७.३० बजे गहवामाई मन्दिर प्रांगणबाट शुरू भएको रथयात्रा नगरपरिक्रमा गरि बिहान ११ बजे पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएको हो । रथयात्रामा हिन्दु भक्तजन र दर्शनार्थीहरूको जनसागर नै  उर्लिएको थियो।
मन्दर परिसरबाट शुरू भएको रथयात्रा माइस्थान चोक, घणटघर, रेल्वे रोड हुँदै  छपकैया पुगेर रथयात्रा त्यहाँबाट, श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान, माईस्थान चोक हुँदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएको हो ।


रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो भने हजारौं भक्तजनहरू जयमाता दी लेखिएको भगवा झण्डासिहत सहभागी भएका थिए । रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघसंस्थाले नगरका ठाउँ ठाँउमा चिसो पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए।


मंगलवार साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनपनि आयोजना गिरने गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।


बुधवार बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र भक्तजन तथा दर्शनार्थीहरूका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।
रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको छ । रथ निर्माणको लागत मात्रै करिब २० लाख रुपियाँँ रहेको उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरूले रथ निर्माण गरेका हुन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content