Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बहुदरमाईमा चारवटा फुसको घरगोठमा आगलागी

वीरगंज, २१ जेठ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आगलागी हुँदा चार वटा फुसको गोठघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,...

वीरगंज, २१ जेठ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आगलागी हुँदा चार वटा फुसको गोठघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,पर्साका प्रवक्ता एवं डिएसपी दीपक गिरीले बताउनुभएको छ ।


छोटेलाल यादवले लामखुट्टे धपाउन बालिएको घुरबाट आज बिहान ७ः०० बजे अचानक आगलागी हुँदा स्थानीय छोटेलाल यादव, भुलन यादव, सन्त यादव, महन्थ यादवको फुसको गोठ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


आगो वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँँपालिकाबाट गएको तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनुभयो ।


यसैबीच, गएराति पर्साको कालिकामाई गाउँँपालिका वडा नम्बर ४ प्रशुरामपुर कटिबलुवा निवासी दीपेन्द्र महतोको घरमा आगलागी हुँदा डेढ लाख मूल्य बराबरको क्षति भएको छ ।


गएराति भान्साबाट अचानक सल्किएको आगोले घरमा आगलागी भएको थियो ।


आगलागीबाट ५० हजार नगद, लताकपडा, बर्तन भाडा, खाद्यान्न लगायतका सरसामान जलेर नष्ट भएको पीडितले बताएका छन् । आगोलाई स्थानीय बासिन्दाले तत्काल नियन्त्रणमा लिएको कारण ठूलो घटना नभएको प्रहरीले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content