Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि पहल शुरु

वीरगंज, १२ असार/ वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नारायणी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा शुरू गर्न पहल गरेका छन् ।   यसका...

वीरगंज, १२ असार/ वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नारायणी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा शुरू गर्न पहल गरेका छन् ।
 
यसका लागि उनले सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गरेका छन् ।
 
मंगलवार वीरगंज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख सिंहले मृगौला प्रत्यारोपण सेवा शुरू गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मृगौला रोगी र डायलासिस गराइरहेका बिरामीलाई मिर्गौला प्रत्यारोपणको लागि हरसम्भवको सहयोग गर्ने उनले बताए ।
 
यसको लागि नारायणी अस्पतालमा अपरेशन थिएटर बनाउने उनले बताए । सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समूहले मृगौलाको प्रत्यारोपण शुरू गर्ने केन्द्रका निर्देशक डा. श्रेष्ठले बताए । उनले नारायणी अस्पतालको निरीक्षण गर्दै केही महिना भित्र अस्पतालमा मृगौला प्रत्यारोपणको तयारी हुने बताए ।
 
नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा चित्तरन्जन साहले मृगौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाँडै मृगौला प्रत्यारोपण सेवा शुरू गराउन आफूहरूले तयारी गरेको बताए ।  

वरिष्ठ उद्योगपति तथा समाजसेवी अशोक बैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मृगौला प्रत्यारोपणको लागि पनि सहयोग गर्ने बताए ।
 
छलफलमा पत्रकार अतुल मिश्र, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, हेल्थ टुडेका सम्पादक पदम राज जोशी, महानगरका प्रेस सल्लाहकार महेश दास, मृगौला प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थकर्मीहरूको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content