Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेशको मन्त्रिपरिषद : लोसपा सरकारमा, अलमलमा जनमत

११ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरेका...

११ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी बिहीबार वन तथा वातावरण मन्त्री बनेका छन् ।

यससँगै प्रदेश सरकारमा सत्ता गठबन्धनमा रहेका सबै दलको सहभागिता भएको छ । तर सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डाको किचलो सकिएको छैन । त्यही कारण दुई मन्त्री र दुई राज्यमन्त्री जिम्मेवारीविहीन छन् भने गृह तथा सञ्चार र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवसँगै छ ।

मुख्यमन्त्री यादवले मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास र वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।

बिहीबार एक मन्त्री थपिएसँगै मन्त्रिपरिषद् तीन राज्यमन्त्रीसहित १४ सदस्यीय भएको छ ।

जनमतको अलमल

मधेश प्रदेशको सरकारमा मुख्यमन्त्री कार्यालय बाहेक १० मन्त्रालय छन्, जसमध्ये दुई वटा नेतृत्वविहीन छन् ।

यस्तै सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीकी मन्त्री सुरिता साह र राज्यमन्त्री शेष अब्दुल कलामले जिम्मेवारी पाएका छैनन् । जनमत पार्टीका बसन्त कुशवाह र राज्यमन्त्री सञ्जय यादवको कृषि मन्त्रालय पनि खोसिएको छ ।

उनीहरुलाई मुख्यमन्त्रीसँग भएको मन्त्रालय दिने हो भने प्रदेश सरकारले तत्काल पूर्णता पाउने देखिन्छ । तर यो यति सहज पनि नभएको सत्तारुढ नेताहरु बताउँछन् ।

किनकी त्यसो गर्दा १६ सिट भएको जसपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाउने छ । प्रदेशसभाको दोस्रो ठूलो र सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेस (२२ सिट) ले दुई वटामा चित्त बुझाउनुपर्छ । कांग्रेस त्यसमा तयार देखिएको छैन । उसले थप दुई मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । त्यो नभए एउटा मन्त्रालय र सभामुख लिने सहमति भएको कांग्रेस नेताहरु बताउँछन् ।

तर कांग्रेसलाई सभामुख दिलाउन पनि सहज छैन । एमाले (२३ सिट) का रामचन्द्र मण्डल सभामुख छन्, उनलाई हटाउने हो भने दुई तिहाई (७२ सिट) जुटाउनुपर्छ । र, जनमत पार्टी (१३ सिट) ले साथ नदिएको अवस्थामा सभामुख फेर्न सम्भव हुन्न ।

जनमत पार्टी, मुख्यमन्त्री यादवसँग खुसी छैन । आफ्नो सहमति विना कृषि मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएका कारण जनमतका नेताहरु रुष्ट छन् । उनीहरुका नेताहरुका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद भइरहेकाले प्रदेश सरकारमा बस्ने वा छाड्ने निर्णय हुन बाँकी नै छ ।

प्रधानमन्त्रीले सरकारमा मिलेर बस्न आग्रह गरेका छन् । तर मधेश प्रदेश सरकारको नेतृत्व गरेका जसपा नेताहरु भने जनमत बाहिरिदिए सहज हुन्थ्यो भन्ने मान्छन् । किनकी उसले सरकार छाड्दा थप एउटा (शिक्षा) मन्त्रालय खाली हुन्छ । त्यसमध्ये दुई कांग्रेसलाई दिएर एउटा आफूले लिने र लोसपालाई राज्यमन्त्री दिएर मनाउन सकिने जसपा नेताहरुको बुझाइ छ ।

लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले हाल एक/एक मन्त्रालय पाएका छन् र थप एकएक दाबी गरेका छन् । मुख्यमन्त्री यादव निकटवर्ती एक नेता भने लोसपालाई एक राज्यमन्त्री दिएर मिलाउन सकिने दबी गर्छन् । माओवादीले एक राज्यमन्त्री पाइसकेको छ । माओवादीका सुनिता यादव उद्योग वाणिज्य तथा पर्यटन मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन् ।

जनमतलाई सरकारमै राखेर भागवण्डा मिलाउन अहिले भएको मन्त्रालयमा निकै कठिन छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री सञ्जय यादव पनि भागवण्डा मिलाउन मन्त्रालय संख्या नबढाउने बताउँछन् । ‘मन्त्रालयको संख्या बढाइँदैन । जे मुख्यमन्त्रीजीसित बाँकी छ, त्यसैमा गठबन्धन बसेर मिलाउने प्रयास हुन्छ’, उनले भने ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content