Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको विश्रामपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले कमिसनको चलखेलमा कार्यक्रम दिने गरेको खुलासा,आफूलाई कसैले केही गर्न नसक्ने उनको भनाई "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको विश्रामपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले कमिसनको चलखेलमा कार्यक्रम दिने ग...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको विश्रामपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले कमिसनको चलखेलमा कार्यक्रम दिने गरेको खुलासा,आफूलाई कसैले केही गर्न नसक्ने उनको भनाई "


जोश धेरै अनुभव थोरै भएका जुनसुकै क्षेत्रमा भेट्न र सुन्न सकिन्छ ।तर त्यसको दिर्घकालिन असर पर्ने गर्दछ ।स्थानीय तहमा ब्रह्मलुट नै छ।देशमा आर्थिक संकट आउन लाग्दा पनि अहिले लुट्नेको जमात बढदै गएका छन्।स्थानीय तहमा १ बर्ष भयो। दोस्रो कार्यकालका नयाँ जनप्रतिनिधिहरु अाएको तर खास परिवर्तन भएको छैन।अहिले बाराको १६ पालिका मध्ये सबैभन्दा बढी चर्चामा रहेको बाराकै कान्छो पालिका विश्रामपुर गाउँपालिकाको रहेको छ। विगतमा विश्रामपुर गाउँपालिकामा भएको बेथितिले अहिले सुधार होला भन्ने अपेक्षा गरेको भएपनि ठिक उल्टो हुन थालेको छ ।बाराको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  सुधन लामिछाने कागजमै लुटन मस्त भएको स्थानीयबासीहरुले गुनासो गर्न थालेपछि श्री गढीमाई राष्ट्रिय दैनिकका टिम विश्रामपुर गाउँपालिकामा पुग्दा त्यो दोब्बर हुने गरेको रहस्य बाहिर अाएको छ। श्री गढीमाई राष्ट्रिय दैनिकका टिम करिब गाउँपालिकामा भएको गतिविधि शंकास्पद हुने गरेको प्रमुख प्रशासकीय अधिकृत कमिसनकै चक्करमा लाग्ने गरेको खुलासा भएको हो।करोडौं काममा पहिला अधिकृत लामिछाने कमिसन लिई फाईल बढाउने  गरेको तथ्य फेला परेको हो ।गाउँपालिका नजिकै बन्दै गरेको पोखरी ,अस्पताल र नालामा अहिले चरम भ्रष्टाचार हुने गरेको स्थानीय मुसहर्वाका शशिधर पंडितले बताउनुभयो। बिना पोशाककै अधिकाँश कर्मचारीहरुको  कार्यालयमा उपस्थिति भएपनि अधिकाँश कर्मचारीहरुको अतोपतो समेत थिएन।यता अाश्मान नेपाल भन्ने संस्थाले अायोजना गरेको बाल सञ्जाल सम्बन्धि तीन दिने कार्यक्रममा लाखो अनियमितता भएको खुलासा भएको तर अायोजक अाश्मान नेपालका जिल्ला संयोजक सुरेश ठाकुरले गैरसरकारी संस्थाको बारेमा केही जानकारी नदिने श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।२५ जनाको सहभागिता भएको हाजिरी बनाई थौरे जनामा कार्यक्रम चलाउने रकम पचाउने लगायतकाको काम भएपनि अहिले कसैले खोजीनिति गर्न सकेको छैन।प्रतिदिन सहभागीहरुको भत्तामा १५००/- को दरले अाएको जिल्ला संयोजक ठाकुरले बताउनुभयो।यत्ता प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले अाफूलाई केही जानकारी नभएको र पत्रकारले जे लेखे पनि फरक नपर्ने बताउनुभयो।जिन्स र भेष्टमा कार्यालयमा अधिकाँश कर्मचारी भेट्ने गरेको तथ्य सार्वजनिक भएपनि अहिले फेरि सुरुवात भएको हो।निजामती कर्मचारीलाई अनिवार्य पोशाक लगाउन उल्लेख भएको भएपनि प्रमुख प्रशासकीय अधिकृत लामिछाने सिघम िफल्मका पात्र जस्तै अाएपछि अन्य कर्मचारीको कुरा नै कस्तो अनुमान गर्ने सकिने विश्रामपुर गाउँपालिकाका एक कर्मचारीले बताउनुभयो।२ महिनामा सबै कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत लामिछानेसँग हरान भएका छन् ।सबैसँग कमिसनकै बारेमा कुराकानी गरि जसरी पनि रकम कमाउने उद्देश्य रहेको तथ्य बाहिर अाएको छ।केही जानकारी नै नभएका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेको अनियमितता एवम् भ्रष्टाचार नाम मुछ्ने गरेका छन्।विश्रामपुर गाउँपालिकामा भईरहेको विकास निर्माणमा अनियमितता भईरहेको ,कार्यक्रम राम्रो नचलेको ,कर्मचारीहरु नअाउने गरेको प्रश्नमा झस्किदै प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले भने जे होस ,पत्रकारलाई के को मतलब ,पत्रकारको नाम सुन्नेबितिकै उनको सातो नै जादो रहेका छन्।म अाफै सबै गरेको छु,भन्दै पालिकामा यस्तै नअाएको पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।जिन्सी प्रशासन शाखा र सुचना अधिकारीको जिम्मेवारी दिएका देव मण्डलले अाफूलाई अहिले फुर्सद नभएको र फोनमा सबै कुरा बुझ्न  बताउनुभयो।यता सुचना अधिकारी मण्डलको सम्पर्क नम्बर ९८६७६४०४८९मा सम्पर्क गरेर बुझ्दा अाफूले अहिले केही दिन नसक्ने श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।विश्राम गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो र उपाध्यक्ष प्रिंयका देवीले कार्यालय सुधार गर्नुपर्नेमा कुनै ध्यान दिएका छैनन् ।विश्रामपुर गाउँपालिकाका स्थानीयबासी मारमा समेत परेका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content