Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सा राष्ट्रिय निकुञ्ज र ठोरीलाई जोडेर मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न माग

वीरगंज, २० चैत । वीरगंजका होटल  तथा पर्यटन व्यवसायीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र ठोरी क्षेत्रलाई मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा  गर्...

वीरगंज, २० चैत ।
वीरगंजका होटल  तथा पर्यटन व्यवसायीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र ठोरी क्षेत्रलाई मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा  गर्न माग गरेका छन् ।

सोमवार ठोरीमा मधेश प्रदेशकी उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगंज  उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सम्मानमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र ठोरी गाउँपालिकाले  संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा वीरगंजका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले मधेश प्रदेशकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनीता यादवसमक्ष उक्त माग राखेका हुन् ।

पन्तले  मधेसको पर्यटन प्रबद्र्धनमा केन्द्र र प्रदेश दुवै सरकारले चासो नदिएको गुनासो गरे ।   व्यवसायीहरूको गुनासोको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले अघिल्लो सरकारले गरेको अदुरदर्शी काम कारबाहीको जिम्मा आफूले नलिने बताउँदै अब चाही ठोरीको विकाशमा प्रदेश सरकार लागिपर्ने बताइन् । उनले ठोरीमा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन । उनले मन्त्रालय टुक्रिने क्रममा रहेकोले यदि आफू पर्यटन मन्त्रालयमै रहे ठोरीको पर्यटन प्रबद्र्धनमा मास्टर प्लान बनाएर अगि बढ्ने बताइन् । उनले भनिन्– यदि  मन्त्रालय टुक्रिएर म वनमन्त्री भएँ भने ठोरीको पर्यटनलाई अगाडि  बढाउन कुनै कसर बाँकी नराख्ने बताइन् ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष  अनिल पटवारीले पनि ठोरीको पर्यटन प्रबद्र्धनमा निजी क्षेत्रको पनि सहयोग रहने बताए ।

ठोरी गाउँपालिकाका अध्यक्ष  लालबहादुर श्रेष्ठले स्वागत भाषण गर्दै ठोरीको पर्यटनका विभिन्न  समस्याहरू  राख्दै ठोरी सधै सबैबाट उपेक्षित भएको बताए ।  

संघका अध्यक्ष हरि पन्तको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री  सुनिता यादव र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको सम्मानमा आयोजना गरिएको थियो ।

कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरू, वीरगंजका होटल तथा पर्यटन व्यवसायीहरू  र मिडियाकर्मीहरूको  उल्लेख्य  उपस्थिति थियो ।

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content