Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

छोराबुहारीको पत्तो छैन, घरमा लघुवित्तको ताला

९ फागुन, रौतहट । सुविस्ता र सन्तानको राम्रो भविष्य कल्पेर २० वर्ष अगाडि तनहुँको घिरिङ गाउँपालिका गजरकोटबाट रौतहट झरेकी थिइन्, देवीमाया परिया...

९ फागुन, रौतहट । सुविस्ता र सन्तानको राम्रो भविष्य कल्पेर २० वर्ष अगाडि तनहुँको घिरिङ गाउँपालिका गजरकोटबाट रौतहट झरेकी थिइन्, देवीमाया परियार । ‘बर्मा गए पनि कर्मसँगै’ भने झैं उनलाई दुःखले यहाँ पनि पछ्याउन छाडेन । बेला–बेला उनलाई लाग्छ, यहाँ भन्दा त बरु पहाडमै सुख थियो !

चन्द्रपुर नगरपालिका बसन्तपुरको ऐलानी जमिनमा बनेको सानो छाप्रोमा ७० वर्ष लागेकी देवीमाया एक्ली छन् । देवीमायालाई थातथलो छोडाएर ल्याउने उनका जेठा छोरा मीनबहादुर परियार नै यतिखेर कहाँ छन् भन्ने थाहा छैन ।

छोराको घरको ढोकामा नयाँ ताल्चा झुण्डिएको छ । यो ढोकाको चाबी लघुवित्तसँग छ ।
‘कुन लघुवित्तसँग ?’

‘थाहा छैन’, देवीमाया मुन्टो हल्लाउँछिन् ।

चार वर्ष भयो उनका जेठा छोरा मीनबहादुर र बुहारी शान्ताले घर छाडेको । छिमेकी विष्णु नेपालीका अनुसार शान्ताले छिमेक लघुवित्तबाट ऋण लिएकी थिइन् । त्यसपछि कुन संस्थाबाट कति ऋण लिए भन्ने देवीमायालाई थाहै छैन ।

जेठो छोरा आउने पर्खाइमा बसेकी देवीमायाका कान्छो छोरा र बुहारी पनि घर छाडेर हिंडे । गएको पुसमा देवीमायाका कान्छा छोरा केशबहादुर र बुहारी मदनकुमारीले पनि लघुवित्तकै कारण घर छाडे । छिमेकी विष्णुका अनुसार केशबहादुर र मदनकुमारीले भने विजय लघुवित्तबाट ऋण लिएका थिए ।

लघुवित्त र साहू–महाजनबाट लिएको ऋणको किस्ता तिर्न नसक्ने भएपछि उनीहरू घर छाडेर हिंडे ।

‘उनीहरू एकएक गरेर हराए’ देवीमाया एक्ली भइन्, ‘जेठाको परिवार इन्डियामा छ भन्छन्, मलाई खबर गरेका छैनन् । कान्छाको परिवार नेपालमै छ भन्ने थाहा छ ।’

२०७२ सालमा श्रीमानको मृत्यु भएपछि उनी छोरा–बुहारीसँग बसिरहेकी थिइन् । तर बुढेसकालका सहारा छोराबुहारी नै गाउँबाट भागेपछि उनी बेसहारा बनेकी छिन् । ‘आफ्नो दुःख त कहीं पनि जाँदो रहेनछ’ आइतबार साँझ घरमै भेटिएकी देवीमायाले आफ्नो दुःख पोखिन्, ‘बुढेसकालमा पनि सुख पाउने भाग्य रहेनछ ।’

देवीमायाका दुवै छोराले धेरै लेखपढ गरेका थिएनन् त्यसैले रोजगारीका लागि मलेशिया गए । घरमा भएका बुहारीहरू लघुवित्तले बनाउने समूहमा जोडिए । लघुवित्तबाट ऋण लिन परिवारका कुनै सदस्यको हस्ताक्षर चाहिन्छ, पैसा आउँछ भनेपछि देवीमायाले पनि बुहारीले भनेको ठाउँमा औंठाछाप लगाइन् ।

तर त्यही लघुवित्तले छोराहरूको उठिबास लगाएको छ भने उनी बेसहारा बनेकी छन् ।

आफ्नै घरको तालाचाबी समेत उनीसँग छैन । ‘पैसा आउँछ भन्थे’ देवीमायाले बल्ल चाल पाइन्, ‘यस्तो हुन्थ्यो भन्ने त म बुढीलाई कहाँ थाहा थियो र !’

देवीमायाका अनुसार छोराहरू भागेपछि जसोतसो गुजारा चलाएकी उनी तीन महिना अगाडि उपचार गराउन छोरीसँग चितवनको भरतपुर गएकी थिइन् । फर्केर आउँदा घरमा ताल्चा लागेको थियो । लघुवित्तका कर्मचारीले ताल्चा लगाएका हुन् । ‘कुन संस्था हो भन्ने थाहा छैन, तर घरमा ताल्चा लगाए’ देवीमाया सुनाउँछिन्, ‘विरक्त लागेर म पनि छोरीको घरमा गएर बसें ।’

छोरीको घरमा धेरै बस्न नसकेपछि उनी एक महिना पहिले आफ्नै घर फर्किइन् । गाउँलेलाई जम्मा पारेर पछाडिको ढोकामा लगाइएको ताल्चा खोल्न लगाइन् । ‘ताल्चा त खोल्दिए, भित्र केही रहेनछ’ देवीमाया भन्छिन्, ‘भाँडाकुँडा समेत थिएनन् ।’

छोरीकै सहयोगमा उनले भाँडाकुँडा जम्मा पारिन् । ऐलानी जग्गामा छाप्रो बनाएकी देवीमायासँग उब्जनी गर्ने जमिन छैन । न उनीसँग कुनै आम्दानीको स्रोत छ । ‘पहिला पो छोराबुहारीले दिन्थे र खान्थें’ देवीमाया भन्छिन्, ‘अचेल कहिले छोरीले दिन्छे, कहिले वृद्धभत्ता आउँछ, त्यसैले खान्छु ।’

वृद्धभत्ताको सहारामा बाँचिरहेकी उनलाई मर्नु अगाडि ऋणले घर छाडेका छोराबुहारीलाई भेट्न मन छ ।

‘कहाँ छन् मलाई थाहा छैन । यता गाउँतिर फोन गर्छ भन्छन्’ गाउँमा आयो भने जेल हाल्छ, कुट्छ भन्ने सुनेर डराएकी देवीमाया भन्छिन्, ‘म बुढीलाई केही थाहा छैन ।’

बसन्तपुरका सयौं महिला लघुवित्तका कारण प्रभावित छन् । तनहुँबाटै रौतहट झरेकी विष्णु नेपालीले छिमेक, विजय, स्वरोजगार, मेरो माइक्रो फाइनान्सलगायत लघुवित्तको ऋण तिर्नका लागि मिटर ब्याजमा डेढ लाख रुपैयाँ लिइन् । तर उनले न लघुवित्तको ऋण तिर्न सकेकी छिन् न साहूको ।

देवीमाया र विष्णु

दुई सन्तानकी आमा विष्णुलाई घरबारै छाड्नु परे कहाँ जाने के गरी खाने थाहा छैन । ‘आफ्नो सम्पत्ति भनेकै घर भएको तीन धुर जग्गा हो, त्यो पनि दृष्टिबन्धक छ’ विष्णु सुनाउँछिन्, ‘साहुले ऋण नतिर्ने भए म लिन्छु भनिरहेको छ ।’

अर्काको खेतबारीमा काम गरेर गुजारा चलाउने फूलमाया परियार पनि लघुवित्तका कारण चरम संकटमा छिन् ।

छिमेक, स्वरोजगार र मेरो लघुवित्तबाट गरेर २ लाख ३० हजार ऋण लिएकी फूलमायाले लघुवित्तको ऋण तिर्नकै लागि मिटर ब्याजमा ऋण लिइन् । ऋण घटाउन मिटरब्याजीबाट ऋण लिएकी फूलमायाको ऋण घट्नुको सट्टा बढ्यो ।

ऋण मात्र होइन, तनाव पनि बढायो । ब्याज माग्न आएका मिटरब्याजीले गालीगलौज गरेपछि झगडा भयो । यही झगडाको निहुँमा साहूले छोरामाथि मुद्दा हाले । ‘अस्ति पुस १७ मा यस्तो भयो । ३० हजार धरौटी तिरेर तारिखमा छुटेको छ छोरा’ फूलमायाले धरौटीका लागि पनि ऋण खोजिन् । ‘यस्तै ऋणले हामी डुबिसक्यौं । ब्याज तिरिनस् भन्दै विजय फाइनान्सका मान्छेले अस्ति घरबाट दुइटा कुखुरा लगेर गए’, फूलमायाले भनिन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content