Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रहरी, प्रशासन र राजस्वले ज्यादति गरेको विरोधमा गौर बजार बन्द

रौतहट, २७ माघ । स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले ज्यादती गरेको भन्दै उद्योग वाणिज्य सङघ रौतहटले आव्हान गरेको तीन दिने बन्दको पहिलो दि...

रौतहट, २७ माघ । स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले ज्यादती गरेको भन्दै उद्योग वाणिज्य सङघ रौतहटले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन  जिल्ला सदरमुकाम गौर बजारमा पूर्ण प्रभाव परेको छ। गौर बजारमा साना साना चिया, पान, किराना बाहेक सम्पूर्ण ठुला पसल तथा व्यावसायिक प्रतिष्ठानहरू  बिहानैदेखि बन्द छन् ।
गौर बजारको ८० प्रतिशत व्यापार व्यवसाय बन्द रहेको र यातायातसमेत पातलिँदा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। सदरमुकाम गौर स्थित व्यवसायीहरूलाइ चेक जाँच को नाममा छापा मारी गरी स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले आतÍित बनाउने र अनावश्यक हैरान गर्ने गरेको भन्दै उद्योग वाणिज्य सङघ रौतहटले तीन दिन  बजार बन्दको आव्हान गरेको थियो ।
सङघका  अध्यक्ष पंडित जयसवाल र महासचिव रवीन्द्रनाथ गोपालेले शुक्रवार एक विज्ञप्ति निकालेर २९ गते आइतवारसम्म  बजार बन्द गर्न आव्हान गरेको थियो । उद्योग वाणिज्य सङघ गौरमा बिहीवार  बसेको व्यवसायीहरूको बैठकको निर्णय अनुसार बजार बन्द गरिएको हो । व्यवसायीहरू समस्या समाधान नभएमा थप आन्दोलन गर्ने चेतावनी सङघले दिएको छ।
सरकारले ल्याएको आर्थिक नीतिले ब्याज वृद्धि ट पीडित व्यवसायिहरूको व्यावसायिक वातावरण समेत अवरूद्ध भएकोमा सङघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला भन्सार कार्यालय गौरबाट खाद्यान्न सामग्री आयात गरी ल्याउने व्यवस्था समेत नभएकोले व्यवसायीहरू थप पीडित भएको सङघको ठहर छ।
यसैबीच गौर नगरपालिकाका मेयर शम्भु साहले व्यापारीहरूको उचित माग प्रति ऐक्यबद्धता जनाएका छन् । जिल्ला सदरमुकाम गौरमा क्वारेनटाइन चेकपोस्टको व्यवस्थापन हुनु जरूरी रहेको बताउँदै उनले यस अघि क्वारेनटाइन कार्यालय नहुँदा पनि गौर भन्सारले जाँच पडताल गरी पठाएको कागजातको आधारमा वीरगंज भन्सारको निर्देशनमा गौर भन्सार बाट नै राजस्व तिरेर खाद्यान्न भित्रिने गरेको मेयर साहले बताए । तर सरकारको पछिल्लो निर्देशन अनुसार गौर भन्सारमा राजस्व तिरेर पनि खाद्यान्न ल्याउन नपाउने व्यवस्थाले रौतहटका व्यापारी ठुलो मारमा परेको उनको भनाइ छ।
गौरमा क्वारेनटाइन कार्यालय स्थापनाको लागि मैले कृषि मन्त्रालय मार्पmत पहल गरेको छु यसमा स्थानीय प्रशासन र व्यापारीले पनि सहयोग गर्नुपर्ने मेयर शम्भु साहले बताए । देश आर्थिक सङ्कटमा परिरहेको समयमा व्यापारीलाई मारमा पार्नु राम्रो होइन यहाँको समस्या तत्काल समाधान गर्न रौतहटका सिडिओ धर्मेन्द्र कुमार मिश्रसँग पनि सल्लाह तथा सहकार्य भइरहेको गौर नगर प्रमुख साहले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content