अजय यादव वियोगी कटहरिया ,रौतहट ।
जहाँ अन्याय त्यहाँ विद्रोह यो कम्युनिष्टको प्रसिद्ध भनाई हो ।अाज यो भनाई रौतहटको कटहरिया नगरपालिका वडा नम्बर -९ डुमरियामा ठ्याक्कै मिलिरहेको छ।गरिबलाई जहाँ पनि सताउने काम हुने गरेको छ।विकास निर्माण हुनु राम्रो काम हो ,तर विकासको नाममा विनाश हुनु ठिक नै छैन ।जाडो महिनाको शीत लहरमा अाँखाबाट अाँशु झार्दे एक दम्पती ईट र माटो हटाउँदै अाफू प्रति अन्याय भएको तर कसैले देख्न नसकेको रौतहट कटहरिया नगरपालिका -९ डुमरियाका स्थानीयबासी रामनाथ प्रसाद साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।गरिब ,असहाय भएकै कारण अाफ्नो घर डोजर लगाएर भत्काएको र कुनै सुचना समेत न दिएको स्थानीयबासी साहले बताउनुभयो।शहरी विकास मन्त्रालय को शहरी विकास तथा भवन निर्माण विभागको सघन शहरी तथा भवन निर्माण अायोजना बिरगंज पर्साले समेत कुनै सुचना समेत नदिई घर भत्काएको स्थानीयबासी रामनाथ प्रसाद साहले बताउनुभयो।
न्याय अहिले हराएको छ।पहुँचको अाधारमा नाप ,नक्शा गरि अाफ्नो घर भित्र नै परेको भन्दै अाफू नभएको बेला घर भत्काएको स्थानीयबासी साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अाफ्नो पुर्व उत्तर समेत परेको भएपनि उनीहरुको घर बचाई अाफ्नो पुर्वाग्रही ढंगले भत्काएको स्थानीयबासी साहले बताउनुभयो।अाँखाबाट अाशु झार्दै उनकी धर्मपत्नीले अाफू अन्याय भएको तर डुमरियामा कसैले देख्न नसकेको श्री गढीमाई राष्ट्रिय दैनिककालाई बताईन।कहिले घरमा नबसेको तर अहिले एक्कासि ३ वटा पिलर मात्र भत्काउनुको साथै बिम समेत भत्काएको तर अरु केही स्थानीयको बचाई दिएको उहाँले बताईन।यसरी जाडोको समयमा सो दम्पती जाडोको पिडासँग अार्थिक भारमा परेका छन् ।
सामान्य परिवार र असहाय भएकै कारण घर भत्काएको स्थानीय केही महिलाहरूले बताईन।धेरैको घर परेको भएपनि थोरैको मात्र भत्काउनुले शंका उत्पन्न भएको डुमरियाका स्थानीयबासीहरुले बताएका छन्।डुमरिया रौतहटका विभिन्न चेनेजमा सडक ,नाला निकासको स्तरोन्नति र निर्माण अायोजनाको काम प्रति शंका मात्र होईन अन्याय गरेको प्रष्ट भएको छ।निकास दिने अायोजना नै अहिले विनाश गर्नमा तत्लिन भएका छन्।पहुँचको अाधारमा नाला र सडक बनाईरहेको प्रत्यक्ष देखाई दिएको डुमरियाका स्थानीयबासीले बताएका छन्।४ करोड ६३ लाख ९२ हजार ४ सय ५० रुपैयाँको लागतमा निर्माण भईरहेको अायोजनाको ठेक्का अाश्रय निर्माण सेवा प्रा.लि.बसुन्धारा -०३ काठमाडौंले लिएका छन् ।मिति २०७८ /०३/ २१ गते देखि २०८०/०३/२१ गते अर्थात २ बर्षको ठेक्का पट्टा भएको भएपनि अहिले काम सुरु गरेका छन्।सघन सहरी तथा भवन निर्माण अायोजना पर्साका ईन्जिनियरद्वय मनिष कुमार सिँह र मनिष कुमारले अाफूहरुले जनप्रतिनिधिहरुको रोहबरमा काम गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।ईन्जिनियर मनिष सिँहले अाफूले सो साईटमा गएको भएपनि त्यसको विस्तृत जानकारी नभएको र रामनाथ साहको घर कसरी भत्काएको हो सो कुरा समेत अाफूलाई जानकारी नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।
अाफूभन्दा अर्का ईन्जिनियर मनिष कुमारले काम गरेकोले उहाँसँग विस्तृत कुरा बुझ्न अाग्रह गर्नुभयो।ईन्जिनियर मनिष कुमारको सम्पर्क नम्बर ९८४८०९४००३ सम्पर्क गरेर बुझ्दा अाफुले केही नगरी जनप्रतिनिधिको काँधमासबै कुरा थुप्रा न खोजे।सहरीसँग कुनै प्रमाण नै छैन ,न कुनै सुचना नै छ त्यो बिषयमा अाफुलाई केही जानकारी नभएको समेत वहाँले बताउनुभयो।यता पुर्व र उत्तरमा कसरी नाला र सडकको जग्गा कम भएको हो भन्ने प्रश्नमा ईन्जिनियर मनिष कुमारले अाफुले मात्र काम गरेको तर सबै कुरा जनप्रतिनिधिलाई थाहा भएको बताउनुभयो।यसरी अायोजना हेर्ने ईन्जिनियरद्वय अहिले मिलोमतोमा काम गरेको प्रष्ट भएको छ।अायोजनाको ठेक्का लिएका ईन्जिनियरको मिलोमतोमा यसरी सहरी निर्माणका ईन्जिनियरले मिलेर काम गर्दा अन्याय भएको हो।पहुँच र पैसाको भरमा कति जनाले घर बचाउन सफल भएपनि गरिब एवम् असहाय रामनाथ प्रसाद साहको घर भत्काउनु कामले अहिले लोकतन्त्र नभई लुटतन्त्र अाएको अाभास भएको स्थानीय बुद्धिजीवीहरुले बताएका छन्।भ्रष्टाचार र अनियमितामा सधैं सघन सहरी तथा भवन निर्माण अायोजना लागेको प्रष्ट भएको कटहरियाका स्थानीयबासी दिनेश प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।कटहरिया नगरपालिका का योजना शाखा प्रमुख रामनरेश प्रसाद यादवले अाफूलाई कटहरिया नगरपालिकाको डुमरियामा कसरी घर भत्केको हो सो योजना बारे अाफुलाई समेत थाहा नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।प्राविधिक शाखाबाट थाहा हुने योजना शाखा प्रमुख यादवले बताउनुभयो।त्यस्तै कटहरिया नगरपालिकाका प्रशासन शाखा प्रमुख संतोष रौनियारले पनि नगरपालिकाबाट घर भत्काउने बारे नगरपालिकाबाट कुनै सूचना नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।नगरपालिका प्रशासनलाई सो बिषयमा जानकारी समेत नभएको प्रशासन शाखा प्रमुख रौनियारले बताउनुभयो।यसरी नगरपालिकाको प्रमुख तथा जिम्मेवार निकायमा पनि घर भत्केको र कुन मितिमा सुचना भएको र चिठी काटिएको हो ,सो समेत नभएकोले थप शंका उत्पन्न भएको छ।घर भत्काउनु भन्दा सूचना काट्नु पर्ने नियमको उल्घङन मात्र होईन अन्याय भएको प्रष्ट भएको खुलासा समेत हुन पुगेको छ।कटहरिया नगरपालिका अहिले बेखबर बनेका छन्।प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी कार्यालय अाउन छाडेका छन।मेयर अजय प्रकाश कै गाउँमा अन्याय भएको भन्दै सर्वत्र अालोचना हुँदै अाएको छ।कटहरिया नगरपालिकाका ईन्जिनियर अरुणकुमार साहको सम्पर्क नम्बर ९८६८८१८७६५ मा सम्पर्क गर्न खोज्दा पनि प्रतिक्रिया उपलब्ध हुन सकेको छैन।सो बिषयमा कटहरिया नगरपालिका वडा नम्बर -९का वडाध्यक्ष रुपेश प्रसाद यादवले सुचना जारी भएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अाफूले बसि नै सबैतिर नाप नक्शा गराएको र अाफूलाई बढी थाहा भएको बताउनुभयो।२२ फिटमै यस्तो अवस्था अाएको हो
प्रतिक्रिया