Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

विद्यार्थीलाई विद्यालय ल्याउन भन्दा टिकाउन गाह्रो

९ माघ, वीरगञ्ज । पर्साको धोविनी गाउँपालिका-२, आसवारी बस्ने नन्दलालप्रसाद कुर्मी र प्रमिला देवीले गरिबीका कारण १४ वर्षीया छोरी राधिका पटेलको ...

९ माघ, वीरगञ्ज । पर्साको धोविनी गाउँपालिका-२, आसवारी बस्ने नन्दलालप्रसाद कुर्मी र प्रमिला देवीले गरिबीका कारण १४ वर्षीया छोरी राधिका पटेलको पढाइ ४ कक्षामै छुटाउन बाध्य भए ।

एकदिन सुजाता कोइरी महतो उनको घरमा पुगिन् र अभिभावकलाई शिक्षाको महत्वको बारेमा बुझाइन् । दिब्य युवा क्लबले पढाइका लागि आवश्यक सामग्री पनि दिएर ब्रिज कक्षामा भर्ना गरायो ।

ब्रिज कक्षा चल्दै गर्दा कोरोना महामारी प्रमिलाको पढाइमा बाधक बन्न आइपुग्यो । त्यो अवस्थामा ‘ठूली दिदी’ घरमै आएर पढाइन् ।

पशुपति प्राथमिक विद्यालयमा ४ कक्षा पढेकी उनी कालीप्रसाद लाखे माविमा कक्षा ७ मा भर्ना भईन् । अहिले ८ कक्षामा छिन् । खुशी र लगनका साथ पढिरहेकी छन् ।

जगरनाथपुर गाउँपालिका-३, बिजबनियाकी सोनामती कुमारी रामले ९ वर्षको उमेरमै पढाइ छोड्नुपर्‍यो । अहिले १८ वर्ष पुगेकी उनी पढाइ छाडेर परिवारको आर्थिक गर्जो टार्न बाबुआमालाई सघाइरहेकी थिइन् । बाबुआमा भने उनको विवाहको विषय लिएर चिन्तित थिए ।

गाउँमा किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमको सर्वे भएर सामुदायिक स्वयंसेवी र ‘ठूली दिदी’हरुले आमाबाबुलाई सम्झाएपछि भने सोनामतीको विवाहको चर्चा बन्द भयो । उनी ब्रिज कक्षामा जान थालिन् ।

९ महिना ब्रिज कक्षा पढेपछि उनलाई निमावि बिजबनियामा कक्षा ६ मा भर्ना गरियो । अहिले उनी कक्षा ७ मा पढि्छन् ।

बीचमै पढाइ छोडेका किशोरीहरुलाई विद्यालय फर्काउन ठूली दिदी र सामुदायिक स्वयंसेवकहरू घर-घर जाने, आमाबाबुलाई परामर्श दिने र घरको अप्ठेरोमा सहजीकरण गर्ने गरेका छन् ।

अभिभावकहरु गरिबीलाई कारण देखाउँदै खास गरेर छोरीलाई पढाउन नमान्ने गरेको अनुभव ठूली दिदी मधु महरा सुनाउँछिन् ।

‘त्यो अवस्थामा घरमै लिन र पुर्‍याउन जाने गर्यौं । कतिले विद्यालय भर्ना गराइसकेपछि पनि पढ्न पठाएनन्’, उनी भन्छिन् ‘पहिलो वर्ष निकै गाह्रो भयो । किशोरीहरुले पढाइमा प्रगति गर्न थालेपछि भने अभिभावकले बुझ्न थाले ।’

युवा क्लबको राम्रो काम

पर्साको धोबिनी र जगरनाथपुर गाउँपालिकामा दिब्य युवा क्लबले किशोरी सशक्तिकरणका लागि शिक्षा (इन्गेज) परियोजना सञ्चालन गरेको थियो ।

परियोजनामार्फत सीमान्तकृत किशोरीका लागि बि्रज कक्षा सञ्चालन र अभिभावक समूह परिचालन गरेर विभिन्न कारणले पढाइ छाडेका ४१८ किशोरीलाई विद्यालय फर्काएकामा ३७४ जनाले अध्ययनलाई निरन्तरता दिएका छन् ।

जगरनाथपुर-५ को मसियानी माविकी शिक्षिका सम्झना बोगटी बि्रज कक्षामार्फत विद्यालयमा भर्ना भएका किशोरीहरुलाईर् सुरुमा ट्युसन समेत पढाइएको बताउँछिन् ।

‘कक्षामा अरुको भन्दा बढी उमेर छ, पढाइ कमजोर छ, अप्ठेरो लागिरहेछ भनेर पढ्न आउन मान्दैनथे’, उनले भनिन्, ‘त्यसपछि उनीहरुलाई थप एक घण्टा ट्युसन पढाएर उत्साही बनायौं । तैपनि ३४ जनामध्ये केही विवाह गरेर गए ।’

मधेश प्रदेशमा विद्यालय छाडेका वा कहिल्यै विद्यालय नआएका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीको औपचारिक शिक्षामा पहुँच सुनिश्चित गर्न युनिसेफले पनि काम गरिरहेको छ ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सहकार्यमा ७ जिल्लाका २७ पालिकामा किशोरी शिक्षा कार्यक्रम चलेको छ ।

कार्यक्रममार्फत ५ हजार ९१० किशोरी अनौपचारिक शिक्षामा आवद्ध गरिएकोमा ५ हजार ६८५ किशोरीले पढाइलाई निरन्तर गरेको कार्यक्रम संयोजक विशाल गुप्ता बताउँछन् ।

विद्यालय ल्याउन भन्दा टिकाउन गाह्रो

सरकारले वर्षेनी शैक्षिक सत्रको सुरुमा विद्यालय भर्ना अभियान चलाउँछ । भर्ना भएका बालबालिका विद्यालय शिक्षामा निरन्तर रहुन् भनेर तल्लो कक्षामा दिवा खाजा कार्यक्रम पनि राखिएको छ । तर, कक्षा बढ्दै जाँदा विद्यार्थी संख्या घट्दै जाने गरेको छ ।

जगरनाथपुर-५ को मसियानी माविमा चालु शैक्षिक सत्रमा ९९० विद्यार्थी भर्ना भएकोमा ७४८ जनाले मात्र अर्धवार्षिक परीक्षा दिए ।

‘भर्ना अभियान चलाउँछौं, खाजा कार्यक्रमले पनि विद्यार्थीलाई आकषिर्त नै गरेको छ, तर ८, ९, १० कक्षामा पुगेपछि छात्रहरु कमाउन बाहिर जान्छन्, छात्राहरु घरको काम अल्झिन्छन्, कतिपयको बालविवाह हुन्छ’, प्रधानाध्यापक नेहाजुल अन्सारी भन्छन्, ‘विद्यालय ल्याउन सकिन्छ, तर टिकाउन गाह्रो भयो ।’

उनको अनुभवमा, बिशेषतः दलित, सीमान्तकृत र विपन्न समुदायका अभिभावक शिक्षाको महत्वबारे सचेत छैनन्, छोराछोरी टिफिनमा भागेर गए भने कराउँदैनन् । ‘अभिभावकमा शिक्षा दिनुपर्छ भन्ने चेत छैन’, प्रधानाध्यापक अन्सारी भन्छन् ‘उनीहरुलाई प्रोत्साहित गर्न हामीसँग स्रोत साधन छैन ।’

धोबिनी गाउँपालिका-५ को अजिज मियाँ माविका प्रअ जितेन्द्र रामले अन्सारीकै जस्तो अनुभव सुनाए । विपन्न, दलित, सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन सानोतिनो मेहनतले नपुग्ने उनी बताउँछन् ।

‘घर-घरै गएर कापीकलम, ब्याग दिने, जीविकोपार्जनका लागि परिवारलाई पनि मद्दत गर्नुपर्ने देखिन्छ’, उनले भने ।

पालिका अध्यक्षहरु भन्छन् : तथ्यांक खोज्दैछौं

पर्सामा १४ वटा पालिका छ । यीमध्ये कुनैसंग पनि बीचैमा पढाइ छाडेका विद्यार्थीको तथ्यांक छैन । धेरैजसो जनप्रतिनिधिले यो विषय बुझेका पनि छैनन् । उनीहरुले यसलाई गैरसरकारी संस्थाको कामको रुपमा बुझेका छन् ।

जबकी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँग सँगैका साथीले बीचैमा विद्यालय छोडेको अनुभव छ । दुई उच्च माविसहित २८ विद्यालय रहेको यो पालिकाका अध्यक्ष उनी यो समस्या एकैपटक समाधान गर्न स्रोत साधन नपुग्ने बताउँछन् ।

‘समस्याको जड पहिचान गरेर समाधान गर्दै जान्छौं’, उनी भन्छन्, ‘यसका लागि प्रोत्साहनका कार्यक्रम त चाहिन्छ नै ।’

त्यस्तै, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव बीचैमा पढाइ छाडेका विद्यार्थीको संख्या पत्ता लगाउन खोजेको बताउँदै भन्छन्, ‘त्यसपछि के स्किम ल्याउँदा उनीहरुलाई रोक्न सकिन्छ, त्यो गर्छौं ।’


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content