Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्साको मालपोत कार्यालयबाट ८ जना पक्राउ

१६ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार...

१६ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ ।

सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो ।

मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content