Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सर्लाहीमा चिसोको कारण २ जनाको मृत्यु 

६ पुस, वीरगञ्ज । सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्...

६ पुस, वीरगञ्ज । सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं. ६ लक्ष्मीपुर बस्ने  ८० वर्षीय राम भगत माझीको मृत्यु भएको हो ।

पुस ३ गते बिहान ८ बजे  राजेन्द्रको चिसोको कारण मृत्यु भएको स्थानीयले मंगलबार मात्रै खबर गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली पठाएर बुझ्दा राजेन्द्रलाई चिसोले रुखा खोकी लागि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो । तर, रौतहटको चपुरमा आइपुग्दा पुस ४ गते बिहान २ बजे उनको मृत्यु भएको थियो ।

मृतकको शव घरमा ल्याई सामाजिक परम्परा अनुसार सदगत गरिसकेपछि प्रहरीलाई घटनाबारे जानकारी आएको थियो ।

त्यसैगरि मंसिर २२ गते बिहान ९ बजे राम भगत माझीको चिसोकै कारण मृत्यु भएको दाबी स्थानीयले गरेका छन् ।

मृत्यु भएकै दिन सामाजिक परम्परा अनुसार माझीको सदगत गरिएको थियो । स्थानीयले मंगलबार दिउँसो प्रहरीलाई घटनाको बारे जानकारी गराएका थिए ।

प्रहरी टोली पठाएर बुझ्दा उनको पनि चिसोले रुखा खोकी, श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content