Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?

१८ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि मधेश प्रदेशमा सरकार निर्माणका सब...

१८ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि मधेश प्रदेशमा सरकार निर्माणका सबै सम्भावना खुला भएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका हुन् ।  ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ’ यादवले भनेका छन् । उनले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा निर्णय भने गरिसकेका छैन ।

मधेश प्रदेशसभामा निर्वाचित जसपा नेता रामअशिष यादवले सत्ता गठबन्धनसंग सहकार्य हुन सक्ने बताए । यद्यपि केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्ने निर्णय अन्तिम हुने उनको भनाइ छ ।

तर एमाले नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले बताए । ‘हुन त काँग्रेसको व्यबहारले एमालेसँग जसपा बाध्य भएर चुनावी गठबन्धन गर्‍यो, जुन अप्राकृतिक थियो । त्यो भुलवश नै भएको हाम्रो बुझाइ छ’, उनले भने, ‘अब नयाँ शिराबाट संघीयता पक्षधरसंग गठबन्धन गरेर अघि बढ्नुपर्छ ।’

मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा जसपालाई सरकारको नेतृत्व गर्ने म्याण्डेट नभएको भन्दै सरकारको एउटा पार्ट मात्र हुन सक्ने बताए । यद्यपि प्रतिपक्षमा बस्ने वा सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।

मधेश प्रदेश सभा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सदस्यीय हुन्छ । मधेश प्रदेशमा सत्ता गठबन्धन नेतृत्वको सरकार धन्ने सम्भावना बढेको छ । प्रत्यक्ष ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जसपाले ९ सिट जितेको छ । समानुपातिक मत परिणामले पनि एमाले पहिलो दल र कांग्रेस दोस्रो बन्ने निश्चित जस्तै छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७, जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४-४ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेका छन् । यसमा समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदको संख्या जोड्न बाँकी छ । तर समानुपातिकबाट निर्वाचित हुनेको संख्या जोड्दा पनि कुनै दलको बहुमत पुग्दैन । सत्तारुढ पाँच दलीय गठबन्धन र एमाले-जसपाको पनि बहुमत पुग्दैन । त्यस कारण कम्तीमा तीन ठूला दल वा स्वतन्त्र सांसदहरु एक ठाउँमा नउभिएसम्म सरकार बन्ने सम्भावना कम छ ।

मधेश प्रदेशमा ठूलो दल बनेको एमाले र दोस्रो दल कांग्रेस सरकार नेतृत्वको दावी गर्दै कसरत गरिरहेका छन् । तर, जसपाले एमालेसँग सहकार्य अन्त्यको घोषणाले उसको नेतृत्वमा सरकार बन्ने सम्भावना  कमजोर बनेको छ ।

एमाले नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले एमालेले ठूलो दलको हैसियतमा सरकार बनाउने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताए । ‘समानुपातिक नतिजाको अन्तिम परिणामको पर्खाइमा हामी छौं । यद्यपी ठूलो दलको हैसियतमा पार्टी भित्र मधेश प्रदेश सरकारको नेतृत्वको विषयमा छलफल सुरु भएको छ । कुन कुन दलसंग सहकार्य समन्वय गरेर अगाडी बढ्ने आन्तरिक गृहकार्य पनि हुँदैछ’ मण्डलले भने ।

नेपाली कांग्रेसले पनि सरकारको नेतृत्वको लागि गृहकार्य गर्दैछ । कांग्रेस मधेश प्रदेश सरकारको नेतृत्व गर्न आन्तरिक गृहकार्य गरिरहेको सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्ण यादवले बताए ।

२०७४ मा मधेश प्रदेशमा मधेशकेन्द्रित दल तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को स्पष्ट बहुमत थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content