Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका ५ जना पक्राउ

५ पुस, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना हतियारसहित पक्राउ परेका छन् । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस ...

५ पुस, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना हतियारसहित पक्राउ परेका छन् ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई मृत पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, नगद दुई लाख ९० हजार ६३० रुपैयाँ रामदसहित वन संरक्षण टोलीले पक्राउ गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।

‘शिकार खेल्न प्रयोग गरिएको हतियार, गाडी, मोबाइल, टाउकोमा गोली लागेको अवस्थामा मृत पोथी जरायो, अनि टाउको र सिङ मात्रै बाँकी रहेको भाले जरायो साथमा भेटिएको छ,’ उनले भने, ‘उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’

उनीहरु निकुञ्ज अन्तर्गत पर्ने पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित जंगलमा वन्यजन्तुको शिकार गर्न पुगेका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content