Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र, सतपाल महराज आउने

३० कात्तिक, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ । त्रेता युगमा भगवान राम ...

३० कात्तिक, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा सीताराम विवाहपञ्चमी भव्यरुपमा मनाउने गरी तयारी गरिएको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।

उनका अनुसार पहिलो दिन मंसिर ७ गते नगरदर्शन, दोश्रो दिन मंसिर ८ गते फूलबारी लीला, मंसिर ९ गते धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने उनले बताए ।

यसपटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने छन् ।

प्रमुख अतिथिको रुपमा भारतबाट रामको डोलासहित आउने उनी मंसिर ११ र १२ गतका कार्यक्रममा सहभागी हुने सह महन्त दासले बताए । सतपाल महराज लगायत अयोध्याबाट हजारौं साधुशन्त जन्तीको रुपमा यसवर्ष पनि सहभागी हुन जनकपुर आउने तयारी छ ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको निमन्त्रणा स्वीकार गरेर सतपाल महराज जनकपुर आउन लागेका हुन् । भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य समेत रहेका सतपाल महाराज उत्तराखण्ड सरकारमा मुख्यमन्त्री पछिको दोस्रो शक्तिशाली मन्त्रीका रुपमा रहेका छन् ।

सतपाल महराजको भ्रमणबाट जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धधनमा विशेष टेवा पुग्ने र दुई देशबीचको सम्बन्ध प्रगाढ हुने वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल शाहको भनाइ छ । यसअघि २०१८ मा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथ विवाहपञ्चमी महोत्सवमा सहभागी भएका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content