Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

एक्लोपनको कथामा ‘महापुरुष’

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर...
काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ ।
एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसक्नु भएका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गर्नुभएको छ ।
सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा वर्ल्ड प्रिमियर र उपत्यका बाहिर चितवन र इटहरीमा मोफसल प्रिमियर भइसकेको छ ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।
फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ । जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन् । फिल्ममा बालकृष्ण केसी (हरिवंश)ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँको श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन् । जेठो छोरा विदुर केसी (रवीन्द्र) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्नुहुन्छ । कान्छो छोरा विज्ञान (अरुण) भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहनुभएको छ ।
आदर्श नगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन् । आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ । उहाँलाई समाजले ‘महापुरुष’ भन्छन् । विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा ९अन्जना०सँग डिपेन्डेन्टमा जान तयार हुनहुन्छ । यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा हुनहुन्छ । उनीहरूको भेट कन्सल्टेन्सीमार्फत भेट हुन्छ । प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुनुहुन्छ ।
सम्धी एक्लै र आदर्श नगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिनुहुन्छ । तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो हुनहुन्छ बालकृष्ण । घरमा कुरा गर्नेसमेत कोही नभएपछि उहाँले सुगासँग आफ्नो मनको कुरा गर्ने गर्नुभएको छ । श्रीमती छैनन् । एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जने भएपछि झनै एक्लो महसुस गर्नुहुन्छ । यहीँ कारण उहाँ बिरामी पर्नुहुन्छ । डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम (राजाराम)सँग छोराहरूले नाटक हेर्न पठाउँछन् ।
त्यहाँ हरिवंशको भेट फुलमाया (गौरी)सँग हुन्छ । बिस्तारै उहाँहरू नजिकिनुहुन्छ । बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्नुहुन्छ । त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायाले घरमै ल्याउनुहुन्छ । त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ । बालकृष्ण र फुलमायाको विवाह होला त ? आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला ? विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला ? यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ ।
“हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ । यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ”, निर्देशक भट्टराईले भन्नुभयो । अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिनुभयो । “फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन । हामीले विश्वास बढाउने काम गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै हाम्रो समाजको छुट्टै रूप देख्न पाउनुहुनेछ”, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । षट्कोण आर्टस प्रालिको ब्यानरमा फिल्मलाई दीपेश खत्रीले निर्माण गर्नुभएको हो । रासस

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content