Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारामा एकै परिवारका तीन जनाको हत्या, घरमूलीमाथि नै शंका

२६ असोज, वीरगञ्ज । मंगलबार बिहान २ बजेतिर वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा एक जना मानिस बेहोस अवस्थामा रहेको खबर प्रहरीले पायो । प्रहरीले उद...

२६ असोज, वीरगञ्ज । मंगलबार बिहान २ बजेतिर वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा एक जना मानिस बेहोस अवस्थामा रहेको खबर प्रहरीले पायो । प्रहरीले उद्दार गरेर उनलाई नारायणी अस्पतालमा लग्यो । नारायणीबाट पनि बारा प्रसौनी स्थित एलएस न्युरो अस्पताल लगियो ।

उनी थिए, बाराको प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने दीपेन्द्र चौधरी । उनको टाउकोमा चोट लाग्नुका साथै दाहिने खुट्टा र ढाड भाँचिएको छ । उनको सोही अस्पतालमा उपचार चलिरहेको छ ।

दीपेन्द्रकी श्रीमती २५ वर्षीया सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरीको हत्या भएको छ । उनीहरु तीनै जनाको शव बुधबार दिउँसो गाउँकै ढोरा खोलाको किनारमा भेटिएको छ । आमा र बच्चाको शव तीन सय मिटर दूरीमा भेटिएको प्रहरीले जनाएको छ ।

दीपेन्द्रले भनेको ठाउँमै भेटियो शव

सुजाताको माइती जीतपुरसिमरा–९ छातापिपरा हो । माइती पक्षले मंगलबार बिहान ३ बजेतिर ज्वाइँ दुर्घटनामा परी घाइते भएको भनी खबर पाएका थिए । ज्वाइँ घाइते भएको कुरा छोरीले बताउनुपर्नेमा छिमेकीबाट खबर पाए । सुजाताका बुवा सुरेन्द्र प्रसाद चौधरी बिहानै छोरीको घर प्रष्टोका पुगे । घरमा न छोरी थिइन्, न नाति नातिना नै ।

छर छिमेकीसँग बुझ्दा चारै जना घरबाट सँगै निस्किएको भन्ने जानकारी पाए । अस्पताल पुग्दा ज्वाइँ दीपेन्द्रको होस आइसकेको थियो । कसरी दुर्घटना भयो ? छोरी र नाति नातिनाहरु खोइ भनेर सोध्दा ‘डोरा खोलामा घोंगी खोज्न गएका होलान्, आइहाल्छन्’ भन्ने जवाफ दिन्थे । छोरी घर, अस्पताल, माइत, आफन्तकोमा कतै भेटिइनन् ।

उनीहरुले मंगलबार प्रहरी कार्यालयमा खोज तलासका लागि निवेदन पनि दिए । माइती पक्षले बुधबार पुनः अस्पताल गएर ज्वाइँ दीपेन्द्रसँग कुराकानी गरे । दीपेन्द्रले खेतनजिकै खोलामा सुजाता र छोराछोरीलाई कसैले मारेको र आफू भागेको बताए । दीपेन्द्रले भनेको ठाउँमा प्रहरी टोली लिएर पुग्दा छोरी र नाति नातिनीहरुको शव भेटिएको सुजताको काका राजेन्द्र प्रसाद चौधरीले बताए ।

‘छोरी र ज्वाइँबीच सम्बन्ध त ठिकै थियो, कसरी कल्पना नै नगरेको घटना घट्यो, थाहै भएन’, उनले भने ‘अब घटनाको सत्य तथ्या छानबिन होस, दोषीलाई कारबाही होस् । ’

प्रसौनी–५ का वडा अध्यक्ष सन्तोष साह प्रहरीले जानकारी गराएपछि घटना स्थलमा पुगेको बताउँछन् । ‘गाउँमा बुझ्दा चारैजना घरबाट सँगै निस्किएको भन्छन्’, उनले भने, ‘तीन जना मृत भेटिएका छन्, एक जना अस्पतालमा घाइते छ, प्रहरीले अनुसन्धान गरिरहेको छ । सत्य तथ्य पत्ता लगाउला ।┌

श्रीमानमाथि आशंका

प्रहरीले दीपेन्द्रमाथि नै आशंका गरेको छ । उनी उपचारका क्रममा रहेकाले अस्पतालमा नै नियन्त्रणमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले परिवारका सदस्यबाटै घटना भएको आशंकामा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

‘आमा र छोराछोरीको शव ३ सय मिटरको फरकमा थियो । पालैपालो घाँटी रेटेर हत्या गरिएको जस्तो देखिन्छ’, उनले भने ‘सोमबार अपरान्ह श्रीमती र छोराछोरीसँगै निस्केका दीपेन्द्रको गतिविधि शंकास्पद छ ।’

उनले पहिला कुरा लुकाउन खोजेपनि पछि श्रीमती र छोराछोरी मृत अवस्थामा देखेपछि भागेको भनी घटना स्थलको बारेमा सूचना दिएका प्रहरीको भनाइ छ ।

दीपेन्द्रले उनीहरुको हत्या गरी साइकलमा वीरगञ्ज जाँदा दुर्घटनामा परेको वा गाडीको अगाडि गई आत्महत्या गर्न खोजेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरी उपरीक्षक बोगटीले दीपेन्द्रको बयानपछि थप कुरा खुल्न सक्ने बताए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content