Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

दसैँ बिदामा सात सयको आकस्मिक उपचार

त्रिशूली । दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चा...

त्रिशूली । दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार अघिल्ला दुई वर्षको दसैँ पर्वमा कोरोना सङ्क्रमणको जोखिम रहेको समयमा समेत तीन सयको हाराहारीमा बिरामीले सेवा लिएका थिए । “यस समयमा सबैभन्दा बढी ज्वरो र डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन्”, उहाँले भन्नुभयो ।

दसैँ बिदामा ज्वरोका बिरामी दुई सय ३०, डेङ्गुका एक सय ६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चारलगायतलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको थियो । अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये एक सयभन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा पाण्डेले बताउनुभयो । उहाँका अनुसार अस्पतालले दसैँ बिदाको समयमा बहिरङ्ग विभाग ९ओपिडी० सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो । अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दसैँ बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १०० शय्यामार्फत नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाका बिरामीलाई सेवा पु¥याउँदै आएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content