Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पाकिस्तान विपद्को जोखिममा रहेका विश्वका शीर्ष १० मुलुकमध्ये एक

इस्लामावाद। पाकिस्तान विश्वव्यापी जलवायुको उच्च जोखिममा रहेको पाकिस्तानी प्रधानमन्त्रीले बताउनुभएको छ । प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो ...

इस्लामावाद। पाकिस्तान विश्वव्यापी जलवायुको उच्च जोखिममा रहेको पाकिस्तानी प्रधानमन्त्रीले बताउनुभएको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देश विश्वव्यापी जलवायु जोखिम सूचकाङ्कमा विपद्को जोखिममा रहेका शीर्ष १० मुलुकमध्ये एक भएको बताउनुभएको हो ।

“भूकम्प, बाढी, हिमताल विस्फोट, बादल फुट्ने, अभूतपूर्व वर्षा, भीषण गर्मी र जङ्गलमा लागेको डढेलोका कारण अमूल्य जनधनको क्षति भएको उल्लेख नगरौं, लाखौं डलरको क्षति भएको उल्लेख नगरौं, प्रधानमन्त्री सरीफ विपद्का कारण मानवीय तथा अन्य क्षति व्यहोरेका पाकिस्तानका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न मनाइँदै आएको राष्ट्रिय उत्थानशीलता दिवसका अवसरमा भन्नुभयो ।

उहाँले पाकिस्तानले आज सबैभन्दा खराब विपत्तिको रूपमा जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यो उसको आफ्नै कारणले नभई विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको परिणाम भएको दावी गर्नुभयो ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार ७०० पुगेको छ भने १२ हजार ८६७ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बिहीबार राति सार्वजनिक तथ्याङ्कमा जनाएको छ ।

प्रधानमन्त्री सरीफले भन्नुभयो, “पाकिस्तानका जनताले साहस र लचिलोपनका साथ विपत्तिको सामना गरेका छन् । म आफ्ना जनता र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छु कि सरकारले बाढी प्रभावित जनताको समयमै पुनस्र्थापना, पुनर्निर्माण र अर्थतन्त्रको पुनरुत्थान सुनिश्चित गरी उनीहरूको हेरचाह गर्न सक्दो प्रयास गरिरहेको छ र जारी राख्नेछ ।”

पाकिस्तानको विपद् जोखिम र जलवायु परिवर्तनबारे बोल्दै सरीफले सरकार विपद् व्यवस्थापन प्रणालीको क्षमता अभिवृद्धि, आवश्यक कानून निर्माण, जोखिम संवेदनशील शासन को प्रबद्र्धन र लचिलो पूर्वाधार निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।सिन्ह्वा


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content