Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको मटिअर्वा नाकाबाट भारतीय सामानको व्यापक तस्करी ,प्रहरी प्रशासन मौन

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको मटिअर्वा नाकाबाट भारतीय सामानको व्यापक तस्करी ,प्रहरी प्रशासन मौन " बाराको सबैभन्दा बढी चल...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको मटिअर्वा नाकाबाट भारतीय सामानको व्यापक तस्करी ,प्रहरी प्रशासन मौन "


बाराको सबैभन्दा बढी चल्ने नाका भन्नेको नै मटिअर्वा नाका हो ।अहिले चाडपर्वको मौका पारेेर तस्करहरु सल्बलाएका छन् ।दिनहुँ तस्करी हुने गरेको दृश्य देख्न सकिने भएपनि प्रहरी ,प्रशासनले केही गर्न सकेका छैनन्।बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरी बिअोपीले केही कडाई नगरेको स्थानीयबासीहरुको भनाइ रहेको छ।भारतको अादापुरबाट सरसमानको तस्करी सुरु भएको छ।भारतको अादापुरबाट सामान लिई मटिअर्वा विभिन्न नाकाबाट तस्करहरूले समान भित्र्याउने गरेको रहष्य बाहिर अाएको छ ।चाड पर्वको मौकामा अहिले व्यापक मात्रामा तस्करीको सामान नेपाल अाउने गरेको स्थानीयबासी अाजाद मियाँले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।भारत बिहारको अादापुरबाट मटिअर्वाको निलकण्ठवा ,शनिचरा मठ ,बसतपुर ,उत्तर झिटकैया अगाडि ,पसाहा नदी किनारा हुँदै विभिन्न नाकाबाट कपडा ,सुर्ती ,रजनीगन्धा ,गुट्खा ,किराना सामान , चामलको बोरा ,चिनी लगायत अधिकाँश सामानको तस्करी भईरहेको मटिअर्वाका स्थानीयबासीेले बताएका छन्।सशस्त्र बिअोपी मटिअर्वाले अहिले कडाइ नै गरेका छैनन्।



नयाँ ईन्स्पेक्टर अाएका छन् ,तर काम चलिरहेको स्थानीयबासीको भनाइ रहेको छ।प्रहरी प्रशासनले नै तस्करहरुलाई लाईन दिने गरेको एक तस्करले नाम बताउने सर्तमा भन्ने सिधै हामी जुन नाकाबाट अाए नहर हुँदै कलैया जाने भएकोले प्रहरी ,प्रशासनलाई मिलाएर जाने बाध्यता कायम नै रहेको बताउनुभयो ।प्रहरी चौकी मटिअर्वा र प्रहरी चौकी बसतपुर नहरमा नै गस्ती गर्ने गरेका छन् ।सशस्त्र प्रहरीले दशगजा तथा नहरमा समेत डिउटी गरेपनि खुलम खुला तस्करी हुनाले अहिले व्यापारीहरु मालामाल भएका छन्।बाराको कलैया उपमहानगरपालिका -१० मटिअर्वा र वडा नम्बर -१२ धर्मनगर ,शितलपुर हुँदै कलैया सम्म सजिलो  जाने गरेको प्रत्यक्षदर्शीहरुले बताउने गरेका छन् ।दुई जना तस्करको नाम सुर्ती र रजनी गन्धामा मुछ्ने गरेका छन्।राजा र राजेश उपनाम राखेका तस्करहरुले खुल्याम व्यापार गर्ने गरेका छन् ।कपडा र।किराना सामान प्रशासनकै अाँखाबाट लिएर जानु अाफैँ शंका उत्पन्न गरेका छन् ।सशस्त्र प्रहरी बिअोपी मटिअर्वाका प्रहरी निरीक्षक गान्धी राज स्याङतानसँग प्रतिक्रिया लिन खोज्दा प्रतिक्रिया उपलब्ध हुन सकेका छैन ।नेपाल प्रहरीले यसको बारेमा केही बताउन चाहेका छैनन्।साईकलबाट भारतको अादापुरबाट मटिअर्वा हुँदै  कलैया सम्म पुग्ने गरेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content