Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

चितवन क्षेत्र नं ३: मतदाता ठूला दलका, उम्मेदवार साना दलका

चितवन। चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्...

चितवन। चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् ।

यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो । प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो । निर्वाचनमा दाहालले ४८ हजार दुई सय ७६ मत ल्याएर विजयी हुँदा राप्रपाका पाण्डेले ३८ हजार नौ सय ३५ मत प्राप्त गर्नुभएको थियो ।

समानुपातिकतर्फको मतमा नेपाली कांग्रेसले २६ हजार एक सय ३७, एमालेले २४ हजार एक सय ५५, माओवादी केन्द्रले २२ हजार नौ सय ८८ र तत्कालीन राप्रपा (प्रजातान्त्रिक)ले पाँच हजार छ सय ३३ मत प्राप्त गरेका थिए । यो मतलाई आधार मान्दा पहिलो नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्र पर्न आउँछन् । यो स्थितिलाई हेर्दा गठबन्धनका ठूला दुई दल कांग्रेस र माओवादीको ४९ हजार एक सय २५ मत हुन आउँछ ।

गत स्थानीय तहको चुनावमा यो क्षेत्रमा गठबन्धनका २८ जना वडाध्यक्षका उम्मेदवारले ४५ हजार एक सय ७२ मत प्राप्त गरेका थिए । भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिकाका ११ वटा वडा यस क्षेत्रमा पर्दछन् । नेकपा एमालेका वडाध्यक्षहरूले ३० हजार छ सय नौ र राप्रपाका वडाध्यक्षले सात हजार चार सय ५४ मत ल्याएका थिए । भरतपुर महानगरपालिकाबाट कांग्रेसका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर प्रमुखममा उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले क्षेत्र नं ३ मा पर्ने १९ वटा वडाबाट आठ हजार दुई सय ५३ मत ल्याउनुभएको थियो ।

अहिले नेपाली कांग्रेसको साथ माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीलाई छ भने एमालेको कांग्रेसका असन्तुष्ट दिनेश कोइरालालाई छ । त्यही क्षेत्रमा राप्रपाका नेता पाण्डे पुनः उम्मेदवार हुनुहुन्छ । कांग्रेसकै असन्तुष्ट पक्षका जगन्नाथ पौडेल पनि उम्मेदवार हुनुहुन्छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने ठूला दलले दुई पटकसम्म उम्मेदवारी नदिँदा कार्यकर्तामा उत्साह नरहेको बताउनुभयो । निर्वाचनका माध्यमबाट नेतृत्वमा पुग्नका लागि क्षेत्र लिने दिने स्वाभाविक भए पनि दोस्रो पटक पनि छोड्दा भने शुभेच्छुकहरूमा निराशा रहे पनि नेतृत्वले भनेको ठाउँमा मतदान गराउनेमा पार्टीको प्रयत्न रहेको उहाँको भनाइ थियो ।

विसं २०७४ मा आफ्नो पार्टीले दाहाललाई सहयोग गर्दा समानुपातिक मतसमेत कम आएको तर क्षेत्र नं ३ मा एमालेको बलियो पकड रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्व जिल्लासभापति टेकप्रसाद गुरुङले कार्यकर्तालाई सन्तुष्ट बनाउन अझै नसकिएको बताउनुभयो । सो क्षेत्रको पहिलो पार्टी भएर पनि दुई पटक उम्मेदवार दिन नसक्दा नोक्सान भए पनि पार्टीको निर्देशनलाई भने मान्नुपर्ने तर दुई ठूला पार्टीका उम्मेदवार नभएकाले नतिजा कस्तो आउँछ भन्न नसकिने उहाँको भनाइ थियो ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा एक लाख २५ हजार आठ सय २३ मतमध्ये ९३ हजार आठ सय १३ अर्थात् ७४दशमलव ५६ प्रतिशत मत खसेकामा ९० हजार दुई सय ९३ सदर भएको थियो । अहिले मतदाता सङ्ख्या बढेर एक लाख ४४ हजार दुई सय ८२ पुगेको छ । सोही अनुपातमा मत खसेमा एक लाख सात हजार पाँच सय ७६ मत खस्ने अनुमान गरिएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content