Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बेनी–जोमसोम सडकमा छ दिनपछि यातायात सञ्चालन

म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ । ...

म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।

पहिरो र बाढीका कारण असोज १८ गते रातिदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा मङ्गलवार साँझदेखि सवारी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका निरीक्षक इन्द्रसिंह शेरचनले पहिरो पन्छाएपछि सडकमा यातायात सञ्चालन हुन थालेको जानकारी दिनुभयो । म्याग्दीको बैसरी, नौनीबगर, जलथले, गुइठे, रुप्से र काभ्रेभिरमा पहिरो तथा बेगखोला, रुप्सेखोला र मुस्ताङको मार्फाखोलामा बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।

आयोजनाको डोजर परिचालन गरेर पहिरो पन्छाइएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनलगायत जनप्रतिनिधि आफ्नो क्षेत्रमा पहिरो पन्छाएर यातायात सञ्चालनमा खटिनुभएको थियो । पानी पर्न छाडेपछि खोलामा बाढीको सतह घटेर यातायात सञ्चालन हुन थालेका छन् । बीच सडकमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा यात्रुले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यता थियो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुँदा मुस्ताङको पर्यटन व्यवसायमा असर परेको छ । विगतका वर्षमा दसैँ लगत्तै घुम्न आएका पर्यटकले भरिभराउ हुने म्याग्दी र मुस्ताङका होटल सुनसान छन् । आवतजावतका साथै मुस्ताङमा उत्पादन भएको स्याउ, आलु लगायत कृषि उपज निकासी र निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी प्रभावित भएको छ । बेनी–जोमसोम सडकले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई पनि राष्ट्रिय राजमार्गसँग जोड्छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content