Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दी।  म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ ।  मालिका ...

म्याग्दी।  म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । 

मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताउनुभयो । 

“गाउँपालिकाले तीन सय १५ एमएम क्षमताको एक सय ३८ मिटर पाइप उपलब्ध गराएको थियो”, उहाँले भन्नुभयो, “परियोजनासँग रहेको १२ मिटर पाइपलाई दुईलाइनमा जोडेर ७५ मिटर दूरीमा पानी तारिएपछि मङ्गलबारदेखि विद्युत् उत्पादन थालिएको छ ।” 

जमिन भासिएपछि नहर पुलजस्तै बनेर जुनसुकै बेला भत्किएर थप क्षतिको जोखिम भएकाले त्यसलाई भत्काएर पाइप राखिएको हो । परियोजना बन्द हुँदा उज्यालोका लागि टुकी, सोलारमा भर पर्नुपरेको थियो । घरायसी कामकाज र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । 

विसं २०६६ देखि नियमित विद्युत् उत्पादन गर्दै आएको परियोजनाबाट मालिका गाउँपालिकाको दरवाङ, थापाचौर, बतासे, फूलबारी, गरजरा, महभिर, अदिभारा, डाडागाउँ, औल, कोदालिवाङ र खहरेका आठ सय ५५ घरधुरी विद्युत् उपभोक्ता छन् । मालिका गाउँपालिकाको करिब रु चार लाख अनुदान सहयोगमा गत असार अन्तिम साता परियोजनाको मुहान मर्मत गरिएको थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content