बाराको महागढीमाई नगरपालिका वडा नं.८ मा रहेको अरनवा चौकमा आज ने.क.पा.एमालेको निकट भातृ संगठन अखिल नेपाल किसान महासंघको पालिका स्तरीय नगर कमिटी गठन
दिपेन्द्र जयसवाल
कलैया ,बारा
असोज ०९ गते ।
बाराको महागढीमाई नगरपालिका वडा नं.८ मा रहेको अरनवा चौकमा आज ने.क.पा.एमालेको निकट भातृ संगठन अखिल नेपाल किसान महासंघको पालिका स्तरीय नगर कमिटी गठन गरेको छ । कमिटीको सो भेलाले सर्वसम्मत अध्यक्षमा जहिर मियाँ अंसारीलाई नगर कमिटिको अध्यक्षमा चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा छठु दास,कोषाध्यक्षमा नैनादेवी राम,सचिवमा मिश्रीलाल यादव,सह सचिवमा दिपन सहनी र सुरेन्द्र कुशवाहा त्यस्तै सदस्यहरूमा रामबाबु कुशवाहा,सकिल अंसारी,जुगेर अंसारी,छोठेलाल चौधरी,सन्तोषी चौरसिया,लक्ष्मी बैठा, गिरीजा देवी चौधरी लगायत ३९ सदस्यी पालिका स्तरीय नगर कमिटी गठन गरेको हो ।
सो भेलामा ने.क.पा.एमाले अखिल किसान महासंघको जिल्ला अध्यक्ष आत्मादेव भट्टाराई,जिल्ला सचिव विन्देश्वर पटेल, ने.क.पा.एमाले जिल्ला कार्य समिति सदस्य मन्जुर अंसारी,चनरदेव प्रसाद चौधरी लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया