Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता

जुम्ला। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अन्तिम मतदाता नामावली प्...

जुम्ला। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आगामी निर्वाचनका लागि जुम्लामा ६८ हजार ६ सय ३८ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो । जसमा ३५ हजार सात सय पुरुष मतदाता र ३२ हजार नौ सय ३८ महिला मतदाताले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । विसं २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरूको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा चारवटा मतदानस्थल र चारवटा मतदान केन्द्र थपिएको छ । जिल्लाभर ८३ वटा मतदान स्थल र एक सय ६ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्ला प्रमुख शर्माले जानकारी दिनुभयो । जुम्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । यसअघि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ७९ वटा मतदान स्थल र एक सय दुई मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदाताको सङ्ख्या ६७ हजार सात सय ४४ रहेका थिए ।

निर्वाचन आयोगले प्रकाशित गरेको विवरणअनुसार कर्णाली प्रदेशभर १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र सङ्ख्या रहेको छ । जसमा प्रदेशको कूल जम्मा मतदाता सङ्ख्या १० लाख आठ हजार चार सय तीन रहेको छ भने पुरुषको मतदाता सङ्ख्या पाँच लाख १० हजार चार सय २० र महिलाको मतदाता सङ्ख्या चार लाख ९७ हजार नौ सय ८० जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

कर्णाली प्रदेशका १० वटा जिल्लामा १० हजार आठ सय ९१ मतदानस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र सङ्ख्या कायम गरिएको केन्द्रीय निर्वाचन कार्यालयले प्रकाशित गरिएको विवरणमा उल्लेख गरिएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content