Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

गण्डकी प्रदेश अन्तरपालिका भलिबलको उपाधि गलकोट नगरपालिकालाई

कास्की । गण्डकी प्रदेश अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०७९) को उपाधि बागलुङको गलकोट नगरपालिकाले जि...

कास्की । गण्डकी प्रदेश अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०७९) को उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।

प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकाले बागलुङकै निसीखोला गाउँपालिकामाथि ३–२ सेटको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । च्याम्पियन बनेको गलकोटले रु दुई लाख, शिल्ड, मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको निसीखोलाले रु एक लाख २० हजार, मेडल र प्रमाणपत्र पायो ।

file photo

संविधान दिवसका अवसर पारेर कास्कीको माछापुच्छ्रे गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको संयुक्त आयोजनामा यही भदौ ३० गतेदेखि माछापुच्छ्रे–२ भुर्जुङखोलास्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको हो । यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका र तनहुँको भिमाद नगरपालिकाले सान्त्वना स्थान हासिल गर्दै रु ३० हजारका दरले नगद र मेडल पुरस्कार प्राप्त गरे ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु सात हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर प्रशिक्षकलाई जनही रु पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घका सचिव मोहनसिङ तामाङले जानकारी दिनुभयो ।
रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content