Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सामूहिक चिहान रहेकोे आशङ्कामा युक्रेनी सेनाद्वारा अनुसन्धान गर्ने

युक्रेन। युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशङ्का गरिएको एक शङ्कास्पद सामूहिक चिहानस्थलको ...

युक्रेन। युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशङ्का गरिएको एक शङ्कास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।

यो स्थल अन्तर्राष्ट्रिय सीमाबाट लगभग दुई किलोमिटर टाढा कोजाचा लोपान बाहिर रहेको औद्योगिक कुखुरा फार्म हो । यसपहिले उक्त स्थललार्ई रूसी सेनाले आफ्नो ट्याङ्कलाई राख्न प्रयोग गर्नेगरेको बताइएको छ ।

अधिकारी र सैनिकले १०० वटासम्म शवको बारेमा बताए पनि यो सङ्ख्यालाई स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन ।

यसै महिनाको सुरुमा युक्रेनी सेनाले उक्त क्षेत्रलाई पुनः कब्जामा लिएको थियो र उत्तरपूर्वी क्षेत्र खार्किभलाई कब्जाबाट मुक्त गर्नका लागि ब्यापक गोलाबारी गर्दै रूसी सेनालाई सीमा पारी धकेलेको थियो ।

तर शङ्कास्पद चिहान अझै पनि रूसी तोपखानाको दायराभित्र रहेको र प्लान्टको सुरक्षा गरिरहेका सैनिकहरूले एएफपीलाई बताएअनुसार खानी र नफुटेका विस्फोटक पदार्थ हटाउने क्रममा खानी खन्ने टोलीले उक्त क्षेत्रमा सफाइ गरिरहेको बताइएको छ ।

फरेन्सिक टोलीले उक्त क्षेत्र सुरक्षित नभएसम्म अनुसन्धान गर्न सक्ने छैन ।

कोजाचा लोपान स्थानीय प्रशासनका प्रमुख ल्युडमिला भाकुलेन्कोका अनुसार युक्रेनी सेनाले पहिलो पटक अप्रिलमा उक्त क्षेत्र कब्जा गर्ने प्रयास गरेको थियो ।

उहाँले भन्नुभयो, “मलाई हाम्रो गाउँमा आएका सैनिकहरूले सैनिकहरूको चिहान देखेको बताएका थिए, तर उनीहरूले सङ्ख्याबारे एकीन जानकारी दिएका थिएनन् ।

उहाँले भन्नुभयो, “उनीहरुले विशेष इकाईले यसलाई हेर्ने बताएका छन् ।

सेनाले हराएका युक्रेनी सैनिकलाई कुखुरा फार्ममा गाडेको आशङ्का गरेको र घटनास्थलमा रहेका सैनिकले उक्त चिहानमा दोहोरो झडपमा मारिएकारूसी सैनिक र स्थानीय युक्रेनी नागरिकलाई पनि दबाएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सीबीएस न्यूजलाई युक्रेनले ‘थप दुई सामूहिक चिहान र सयौं मानिस भएको ठूलो चिहान’ फेला पारेको बताउनुभएको थियो ।

यसै महिनाको सुरुमा युक्रेनले इज्युममा रहेको मुक्त शहरबाहिरको जङ्गलमा रहेको चिहानको छेउमा ४४७ जनाको शव फेला परेको दावी गरेको थियो ।एएफपी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content