Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन पारस्परिक जबाफदेहिता परियोजना सफल

काठमाडौँ । जबाफदेही र समावेशी शासन व्यवस्थाका पक्षमा पैरवी गर्न सञ्चालित पारस्परिक जबाफदेहिता परियोजना ३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरि...

काठमाडौँ । जबाफदेही र समावेशी शासन व्यवस्थाका पक्षमा पैरवी गर्न सञ्चालित पारस्परिक जबाफदेहिता परियोजना ३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन र नागरिक संस्था र मिडियाका लागि सबल वातावरण बनाउन सफल भएको छ ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)को सहयोगमा एफएचआइ ३६० ले विभिन्न नागरिक संस्थाहरू सँगको सहकार्यमा ६ वर्षको सफल कार्यान्वयन पछि आयोजित समापन समारोहमा यस्तो जानकारी दिइएको हो ।

संघीय तथा प्रदेश तहमा सार्वजनिक कानुन तथा नीति निर्माणमा नागरिक समाज र मिडियाको नेतृत्वलाई प्राविधिक सहयोग, रेडियो तथा सामाजिक सञ्जाल लगायतका माध्यम मार्फत् नागरिकका चासोका मुद्दामा कार्यक्रम, सहभागितामूलक पद्धतिबाट जबाफदेहिताको खोजी, नागरिक संस्था र मिडिया प्रतिको जनविश्वास, दक्षता र नेतृत्व क्षमता बढाएर जबाफदेही सरकारका लागि पहल, मानवअधिकार क्षेत्रमा कृयाशील संस्थाको क्षमता विकास र समावेशी सहभागिता सहितको जबाफदेही सरकारका लागि दक्षता वृद्धि गर्नका लागि ३५ सय बढी गतिविधि परियोजनाले पछिल्ला ६ वर्षमा गरेको छ ।

नागरिकका प्रश्न र विचारहरूका लागि मञ्च प्रदान गर्ने, स्थानीय अधिकारीहरूलाई जबाफदेही, समावेशी बनाउन र निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउन पैरवी गर्ने, स्थानीय स्रोतको परिचालन, नागरिक अधिकारका पक्षमा पैरवी, क्षमता विकास र दिगोपनका पक्षमा परियोजनाले उल्लेख्य योगदान पुर्‍याएको एफएचआइ ३६० नेपालका कन्ट्री डाइरेक्टर भगवान् श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नुभयो, “हामीले काम गरेका ५७ नगरपालिकाहरूमा नागरिक संलग्नता र सहकार्यात्मक शासनमा सशक्त सुधार देख्यौँ । परियोजनाले काम गरेका ६ प्रदेशका ३४ जिल्लामा नागरिकलाई आफ्नो सरकार सँग जोड्ने काम गर्‍यो ।”

परियोजना अप्रिल ४, २०१६ देखि सेप्टेम्बर ३०, २०२२ सम्म लागू भएको हो । इक्वल एक्सेस इन्टरनेशनल र इन्टरनेशनल सेन्टर फर नट फर प्रफिट ल को साझेदारीमा यो परियोजनाको नेतृत्व एफएचआइ ३६० ले गरेको थियो । यसमा एक सय बढी नागरिक समाजका सङ्गठन, मिडिया र स्थानीय तथा संघीय सरकार तथा संवैधानिक निकायहरूको समेत साझेदारी थियो ।

समावेशी सहभागिता र जबाफदेहीताका सिद्धान्तहरूमा केन्द्रित हुँदै पारस्परिक जबाफदेहिता परियोजनाले ६ प्रदेशका ३४ जिल्लाका ५७ नगरपालिकामा वडादेखि नगरपालिका र जिल्ला तहसम्म नागरिक संलग्नता र सहभागितामूलक शासनका लागि पैरवी गरेको छ । यसमा २२ शहरी र ३५ ग्रामीण क्षेत्रका नगर छानिएका थिए । साथै संघ तथा प्रदेश तहमा नागरिक संस्था तथा मिडिया सग्ाँ सम्बन्धित नीति वकालत गर्न संघ तहमा २२ वटा कानुन तथा मस्यौदा र स्थानीय सरकारको तहमा एकसयवटा नीति निर्माण सहयोगमा परियोजना सफल भएको छ ।

परियोजनाको सहजीकरणमा सबै नगरपालिकाहरूले स्थानीय शासनमा वडा तहबाटै नागरिक सहभागिता सुनिश्चित गर्ने नीति अङ्गीकार गरेका छन् । त्यसका लागि वार्ड स्तरमा साझा सभाहरू, नगरपालिका स्तरमा साझेदारी फोरमहरू र जिल्ला स्तरमा नागरिक सञ्जाल मार्फत् स्वास्थ्य, शिक्षा, कृषि र विपद् जोखिम न्यूनीकरणमा केन्द्रित पहल भएका छन् । यी सबैमा परियोजनाका साझेदार र सहयोगीहरूको संस्थागत र नेतृत्व क्षमता बलियो बनाउन तथ्यपरक र लक्षित गतिविधि भएको छ ।

एफएचआइ ३६० संयुक्त राज्य अमेरिका र विश्वभरिका मानिसहरूको स्वास्थ्य र कल्याण सुधार गर्न काम गर्ने अन्तर्राष्ट्रिय गैरनाफामुखी संस्था हो । यसले सकारात्मक सामाजिक परिवर्तन ल्याउन र जीवन बचाउने स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र अर्थपूर्ण आर्थिक सहभागिताका अवसरहरू उपलब्ध गराउन सरकार, निजी क्षेत्र र नागरिक समाजसँग साझेदारी गर्छ । नेपालमा झण्डै तीन दशकदेखि, नेपाल सरकार र अन्य साझेदारहरूसँग मिलेर देशको स्वास्थ्य र विकासका मुद्दामा हातेमालो गरिरहेको छ ।

यो संस्थाले कोभिड १९ प्रतिकार्यमा समेत यूएसएडको सहयोग मार्फत् नेपाल सरकारको मुख्य साझेदारको भूमिका निभाइ रहेको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content