Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पुटिनद्वारा जापोरिजिया र खेरसन क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको घोषणा, आदेश–पत्रमा हस्ताक्षर

मस्को। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गर्नुभएको छ । उहाँले...

मस्को। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गर्नुभएको छ ।

उहाँले यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै उहाँले जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिनुसभएको हो । उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, “मैले दक्षिणी युक्रेनको जापोरिजिया र खेरसनको राज्यको सार्वभौमिकता र स्वतन्त्रतालाई मान्यता दिन आदेश दिएको छु ।”

शुक्रबार क्रेमलिनमा आयोजित एक समारोहमा यी दुई क्षेत्रलाई डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रसँगै रूसमा समावेश गर्न लागिएको हो ।

अमेरिका र उसका युरोपेली सहयोगी राष्ट्रहरूको शब्दमा ‘यो एक छद्म जनमत सङ्ग्रह’ पछि आएको हो ।

रूसको आक्रमणपछि रूसी सेनाको कब्जामा रहेको क्षेत्रमा भएको जनमत सङ्ग्रहमा रूसले आफ्नो पक्षमा बहुमत प्राप्त गरेको जनाएको छ । रूसले फेब्रुअरी महिनामा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो र सोही महिनामा डोनेट्स्क र लुहान्स्कको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको थियो ।

यसबाहेक, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ जसले रूसको नियन्त्रणमा रहेका तर युक्रेनले दावी गरेको चार क्षेत्रहरूमा रूसको पहलमा गरिएको जनमतसङ्ग्रहको लागि निन्दा गर्ने प्रयास गर्नेछ ।

सीएनएनका अनुसार अमेरिकाको पहलमा ल्याइएको उक्त प्रस्तावमा सबै देशलाई यी चार क्षेत्रको स्थितिमा आएको परिवर्तनलाई मान्यता नदिन आग्रह गरिएको छ ।

अल्बानियाले पनि समर्थन गरेको यो प्रस्तावले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले धम्की वा बल प्रयोगका कारण कुनै पनि देशले आफ्नो देशको भूभाग कब्जा गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताउनुभएको छ । गुटेर्रेसले भन्नुभएको छ, “यतिबेला मैले महासचिवको रूपमा राष्ट्रसङ्घको घोषणा–पत्र कायम राख्ने मेरो कर्तव्यलाई जोड दिनै पर्छ ।

उहाँले थप्नुभयो, “घोषणा–पत्रमा स्पष्टरूपमा भनिएको छ ‘धम्की वा बल प्रयोगका कारण अर्को देशले कुनै पनि देशको भूभाग कब्जा गर्नु बडापत्र र अन्तर्राष्ट्रिय कानून र सिद्धान्तको उल्लङ्घन’ हो ।”

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी भूभाग मिचेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय कानुनअनुसार यसलाई गैरकानुनी भन्नुभएको थियो ।

रूसको यो कदमलाई ‘भूमि हडप्ने कार्य’ को संज्ञा दिँदै उच्च अमेरिकी कूटनीतिज्ञले मस्कोको कब्जालाई अमेरिकाले कहिल्यै मान्यता नदिने बताउनुभएको थियो ।

ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “क्रेमलिनको छद्म सन्दर्भ युक्रेनको भूमि हडप्ने थप प्रयासलाई ढाकछोप गर्ने निरर्थक प्रयास हो ।” यसअघि क्रेमलिनले युक्रेनको कब्जामा रहेका चार क्षेत्रलाई समेट्न रूसले शुक्रबार हस्ताक्षर गर्ने बताएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भन्नुभयो, “ग्रान्ड क्रेमलिन प्यालेसको जर्जियाली हलमा स्थानीय समयअनुसार १५ ः०० बजे नयाँ भूभागलाई रूसमा गाभ्ने विषयमा हस्ताक्षर समारोह हुनेछ ।”एएनआई


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content