Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

फुलचाँलीको भेलबाढी गाउँ पस्दा स्थानीयको मकै नष्ट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ४ माँझगाउँमा भेलबाढी र पहिरोले स्थानी किसानको मकै खेती नष्ट पारेको छ । गत ७ गते साँझ फुलचाउँल...

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ४ माँझगाउँमा भेलबाढी र पहिरोले स्थानी किसानको मकै खेती नष्ट पारेको छ ।

गत ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट गाउँ पसेको भलका कारण नाउला खोलामा पहिरो गएको छ । पहिरोले स्थानीय केशवबहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल, लोकेन्द्र रावल र धनबहादुर रावलको बारीको ५ रोपनी जग्गामा लगाएको मकै बाली नष्ट पारेको वडा अध्यक्ष बद्री पन्तले बताउनुभयो ।

पहिरोले केशब रावलको चर्पी,चल्ला खोर, किवी, अलैँची,कागती, सुन्तला लगायत फलफूलका बिरुवा पनि नष्ट गरेको छ । पहिरोले पाक्नै लागेको मकै सखाप पारेपछि किसानहरू चिन्तामा छन् । ‘दुःख गरेर लगाएको मकै बाली पहिरोले नोक्सान पारेपछि के खाएर परिवार पाल्ने’ पलबहादुर रावलले गुनासो गर्नुभयो । ‘परिवार पाल्ने यही एउटा मकै खेती हो यो नै सखाप भएपछि आफूहरू समस्यामा परेको’ उहाँले बताउनुभयो ।

गाउँमाथि रहेको वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथा जथाभाबी सडक खन्दा गाउँमै सिधै भल पानी आएको हो । यसबाट पुरै गाउँ जोखिममा पर्ने खतरा बढेको छ । देवताथान र मायाडाँडा गरी दुई स्थानबाट भल पानी सिधै गाउँ आएको स्थानीय कालीबहादुर थापाले बताउनुभयो । ‘गाउँमाथिको हरियाली वन क्षेत्र सबै उजाड भयो, अतिक्रमण गरेर जथाभाबी जग्गा बनाउने काम भयो, दुई तिरबाट सडक खन्ने काम भयो त्यही भएर गाउँमाथिको भल पानी सानो पानी पर्दा गाउँ पसिहाल्छ, यसलाई समयमै रोकथाम गरिएन भने भेरीखर्क, माँझगाउँ, सार्कीबारा, नाउलाखोला लगायत बस्ती जोखिममा पर्ने खतरा छ’, थापाले भन्नुभयो । सबै मिलेर वन संरक्षण नगर्ने हो भने समस्या थप जटिल बन्ने उहाँले बताउनुभयो ।

पहिरोबाट क्षति भएको मकै बाली पीडित स्थानीयलाई आवश्यक राहतको लागि पहल गरिने वडा अध्यक्ष पन्तको भनाई छ । उहाँले नेपाल प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको बताउनुभयो । प्रहरीको मुचुल्का पछि नगरपालिकामा राहतको लागि पहल गरिने उहाँले जानकारी दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content