श्री गढीमाई संवाददाता
बिरगंज ,पर्सा
"दाईजो एवम् कुरिति विरुद्ध जागरण मञ्चद्वारा
जनचेतनामुलक कार्यक्रम सम्पन्न"
पर्सा जिल्लाको विभिन्न ठाउँमा जागरण मञ्चले जनचेतनामूलक कार्यक्रम गर्दे अाएका छन् ।सोही अनुरुप २०७९/०५/०९ गते बिहीवारका दिन
दाइजो एवं सामाजिक कुरिती विरुद्ध जागरण मंचद्वारा जगरनाथपुर वडा नम्बर- १ मा सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
,दाइजो एवं सामाजिक कुरिति विरुद्ध जागरण मंचद्वारा बुधबार राति पर्सा जिल्लाको जगरनाथपुर गा पा -१ बिशुनपुर्वा गाउँमा जागरण मञ्चका अध्यक्षबृजेश्वर प्रसाद चौघरीको अध्यक्षतामा भिडीयो क्लिपद्वारा प्रोजेक्टरको माध्यमले सामाजिक कुरिति विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा संस्थाका उपाध्यक्ष सामाजिक अभियन्ता प्रकाश थारु , सचिव कन्हैया पटेल , सल्लाहकार एवं सन्चारकर्मी लालबाबु सिंह ,सदस्य प्रधुम्न चौधरी , पिपडारी प्रहरी चौकीका प्रसनी शिव मंगल यादव, स्थानिय अगुवा इसा राउत गद्दी, सजाद आलम, फुल महम्मद राउत गद्दी लगायत स्थानीय महिला पुरुष,युवायुवती एवं बालबालिका हरुको बाक्लो सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्रोजेक्टरको माध्यमले दाइजो प्रथा,बालबिवाह, भ्रुण हत्या, नशा एवं शिक्षा सम्बन्धि स -सानो प्रेरक कथा नाटकहरुको प्रेरणादायी भिडियो प्रदर्शनी गरि सचेतना फैलाइएको संस्थाका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।नाटक हेर्न अाएका असंख्य महिला पुरुष एव युवायुवती बालबालिकाहरु प्रभावित भएर दाइजो प्रथा लेनदेन नगर्ने , बालबिवाह नगर्ने ,भ्रुण हत्या नगर्ने , नशा नगर्ने एव सबैलाइ शिक्षा दिने पढाउने बचनबद्द भएका थिए। यो हाम्रो लागि, स्थानियहरुको लागी अति नै प्रभावकारी रहेको पनि स्थानीयबासीहरुले बताएका छन्।
प्रतिक्रिया