Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाँकेको नरैनापुरमा कोशेबालीको खेती गर्न सुझाव

 नेपालगञ्ज। बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि वैज्ञानिकसहितको टोलीले कोशेबालीको खेती गर्न किसानलाई सुझाव दिएको छ...

 नेपालगञ्ज। बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि वैज्ञानिकसहितको टोलीले कोशेबालीको खेती गर्न किसानलाई सुझाव दिएको छ । गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो । 

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । “उक्त बालीका लागि चिस्यान मात्रै भए पुग्छ”, उहाँले भन्नुभयो, “यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बालीअर्थात् तोरी खेती र मकै उत्पादन गरेर त्यसलाई साइलेज बनाउन सकिन्छ ।” किसानलाई यसबाहेक नगदे बालीको रुपमा बन्दा गोभी नामक तरकारी खेतीसमेत गर्न सुझाव दिइएको छ । 

“यसबाट किसानले थोरै भए पनि राहत पाउँछन्”, ढकालले भन्नुभयो । पानी नपरेपछि किसानले केही ठाँउमा रोपेको अधिकांश धानको बीउ मर्न लागेपछि नरैनापुर गाउँपालिकाले उक्त क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको थियो । सो सुक्खा क्षेत्रमा वास्तविक अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान–२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो । 

बाँकेको उक्त दुर्गम गाउँपालिकामा अधिकांशको जीविकोपार्जन मुख्य आधार खेतीपाती मानिन्छ । नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । यस वर्ष त्यहाँ १५ प्रतिशतमात्रै रोपाइँ भएको छ । रोपाइँ भएकोमध्ये आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ । पालिकामा दुई सय ६० हेक्टरमा सिँचाइ हुन्छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content