स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मध्यरातिमा नापी कार्यालय कलैयाबाट सिम्रौनगढ सामान लगियो ,मुद्दा चलिरहेको अवस्थामा कार्यालय सार्ने बिषयले तंरग पैदा ,मालपोत र नापी कार्यालयमा अाधिकारी कुनै माथिल्लो निकायबाट पत्र नअाएको खुलासा ,कानुन उपहास गरेको सरोकारवालाको भनाइ

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा 

"मध्यरातिमा नापी कार्यालय कलैयाबाट सिम्रौनगढ सामान लगियो ,मुद्दा चलिरहेको अवस्थामा कार्यालय सार्ने बिषयले तंरग पैदा ,मालपोत र नापी कार्यालयमा अाधिकारी कुनै माथिल्लो निकायबाट पत्र नअाएको खुलासा ,कानुन उपहास गरेको सरोकारवालाको भनाइ "




संघियता अाएसँगै सधैं विवाद बढदै गइरहेको रहेको छ ।बिना समायोजनकै संघियता ल्याएका कारण राज्यको अर्बौं क्षति भएको छ ।अनेकन कार्यालय जिल्लाबाट हटाई गाउँमा पुर्याएका छन् ।१८ वटा सरकारी कार्यालय अहिले पालिकाबाट चल्दै जनशक्तिको अभावले चरम दुरुपयोग भईरहेको बेला सरकार कानमा तेल हालेर बसेका छन् ।पहिलाका सरकारले त्यहीँ गरे अहिलेका सरकारले पनि त्यहीँ गर्देछन ।नेपालमा पहुँचको अाधारमा जे पनि गर्न सकिने भएको छ ।बारामा अहिले सबैभन्दा बढी चर्चाको बिषय मालपोत र नापी कार्यालय सिम्रौनगढमा सार्ने बिषयलाई लिएर भएको छ ।जिल्लाका अधिकाँशले कार्यालय सार्ने बिषयलाई अहिले कानुनको उपहास भएको गुनासो गर्न थालेका छन् ।२०७९भदौ ०९ गतेको मध्यरातिमा नापी कार्यालयमा सिम्रौनगढ नगरपालिकाको  ना १ प ६९८ नम्बरको गाडी भित्र प्रवेश गरेर सामान लोड गरिरहेको दृश्यले बाराबासी कानुन देशमा छ कि छैन भने अाभास गर्न थालेको कलैयाका स्थानीयबासीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई











बताउनुभयो ।चोर शैलीमा सरकारी  कार्यालयको कागजात लग्ने कसैलाई छुट नभएको कलैयाका स्थानीयबासी उमेश मण्डलले बताउनुभयो ।यो सरासर गल्त हो ,यदि कार्यालय सार्ने बिषय नै हो भने दिनमा कार्यालयको सामान अोहर दोहर गर्दा जनतामा भ्रम पर्ने थिएन।तर भ्रम गुमराह बनाएर अपहरणशैलीमा कागजात दिएर जानू कानुनी राज्यको धज्जी उडाएको स्थानीयबासी मण्डलले बताउनुभयो।बाराको कलैयाबाट मालपोत र नापी कार्यालय सारेर सिम्रौनगढ सार्ने बिषयले अहिले जिल्ला नै तातिको अवस्था रहेको छ ।एकथरी राम्रो भएको र अर्को थरि नराम्रो समेत भएको तर्क गरिरहेका छन् ।दुई खेमामा अहिले विभाजित भएको छ ।तर कानुनी अडचन भने यथार्थ नै रहेको छ ।२०७२ /०६/१४ गते मा  परवानीपुर गाउँपालिका वडा नम्बर -३ घर भएका २६ बर्षिय हरेश कुमार यादवले १० जनालाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।मुद्दाको किनारा नै नलागेको अवस्थामा कार्यालय सार्ने बिषयले कानुनी राज्यको हो कि नेता राज्य भने प्रश्न समेत उठेका छन् ।अधिकाँशले कानुनको किनारा लागे मन्त्रीपरिषद्कै निर्णय पनि हुनुपर्ने हो तर २०७२ देखि नै मालपोत र नापी कार्यालयको कामकाज कलैयाबाट दिदै अाएको भएपनि अहिले एकाएक सिम्रौनगढ लाने बिषयले तंरग पैदा गरिएदिएको छ ।कार्यालय सार्ने बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बारामा २०७८ बैठक समेत बसेको निर्णय छ ,तर कार्यान्वयन भएन अहिले के कति कारणले कार्यालय सारिएको भने ठोस जवाफ न मालपोत कार्यालयसँग छ ,न नापी कार्यालय बारासँग छ।जनताको काम छिटो ,छरितो होस् भने चाहना सबैको हुने भएपनि जिल्लामा कार्यालय हुदाँ जनशक्ति पुगेका छैनन् भने बिना योजनाकै ,बिना जनशक्तिकै कार्यालय सारेर झरा टार्ने काम मात्र हुने सरोकारवालाहरुको भनाई रहेको छ ।मालपोत कार्यालय बाराका प्रमुख गोपालप्रसाद बरालले लिखित जवाफ अदालतमा पेश गरेको अवस्था रहेको छ ।तर अदालतले कार्यान्वयन नै गर्नुभने कहिकतै उल्लेख गरेको छैन ।मन्त्रालय अथवा विभागबाट पनि मालपोत कार्यालयमा अाधिकारी चिट्ठी नअाएको मालपोत कार्यालय बाराको उच्च स्रोतले जानकारी दिएका छन् ।यता नापी कार्यालयले मध्यराति सिम्रौनगढमा सामान लैजानु भनेको अाफनो नभई सिम्रौनगढ नगरपालिकामा स्थापना भएको नापीको सरसमान लगेको नापी कार्यालय बाराका नापी अधिकृत क्रान्ति कुमार गुप्ताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।कार्यालय सार्ने विषयमा अाफूलाई त्यति जानकारी नभएको तर राति किन सामान नापी कार्यालयबाट लगिएको हो ,यो कुन शैली हो भने प्रश्नमा नापी अधिकृत गुप्ताले भने कार्यालयमा दिउँसो भिडभाड हुने भएकोले राति नै सामान पठाईएको खुलासा गरेका छन्। यता राति सामान मालपोत र नापीबाट सुचना पाएलगत्तै सयौंको संख्यामा स्थानीयबासीले विरोध  गरेका थिए।कार्यालयले प्रहरीको सहायताले सबै सामान लगेको कलैया उपमहानगरपालिका  वडा नम्बर -४ का पुर्व वडाध्यक्ष जटाशँकर सहनीले सामाजिक सञ्जाल मार्फत नै यसको कार्यको विरोध गरेका छन् ।नापी कार्यालय कलैयामा कार्यरत रामप्रसाद राउतले अहिले सिम्रौनगढको जिम्मेवारी सम्हालेका भएपनि वहाँसँग सम्पर्क हुन सकेको छैन ।नापी कार्यालय बाराका प्रमुख चन्दन प्रसाद दासले कार्यालयमा कहिकतैबाट कार्यालय सार्ने नभएपनि पहिलाको योजना



कार्यान्वयन गर्न लागेको श्री गढीमाई राष्ट्रिय दैनिकालाई बताउनुभयो ।मुद्दा चलिरहेको अवस्थामा कसरी कार्यालय सार्न लागेको हो भने प्रश्नमा त्यसको जवाफ अाफुसँग नभएको कार्यालय प्रमुख दासले बताउनुभयो।अदालतको फैसला ,मन्त्री परिषद्को निर्णय,मन्त्रालय वा विभागबाट कुनै पत्र नअाई २०७२ /०६/१४ गते देखि रोकिएको कार्यालय एक्कासि सार्नु कानुनी राज्यको धज्जी उडाउन लागिएको कानुनका जानकारहरुले बताएका छन् ।मालपोत र नापी कार्यालय सिम्रौनगढ गए कहाँ कहाँ काम गरिने भने नापी कार्यालयबारासँग कुनै एकिन तथ्यांक नभएको नापी कार्यालय बाराका नापी अधिकृत क्रान्तिकुमार गुप्ताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।नापी कार्यालय बारामा अहिले ३० जना कार्यरत रहेको नापी कार्यालयमा कार्यरत कर्मचारी सिकेन्द्र प्रसाद साहले बताउनुभयो।यता कानुनको पालना नगरेको भन्दै नेपाल लेखापढी कानुन व्यावसायिक समितिले विरोध गर्दै अाएका छन् ।नेपाल लेखापढी कानुन व्यावसायिक   समितिका अध्यक्ष बृजकिशोर यादव उर्फ भगतजीले यस कार्यको कडा रुपमा घोर भर्त्सना गरेका छन् ।रातिमा सामान लिएर जानुु,अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा अवहेलना गर्नु कहिकतैबाट पत्र नअाउनुले सबैको नियतमाथि खोट भएको प्रष्ट भएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।मालपोत र नापी कार्यालयले कानुनको उपहास गर्न लागेको नेपाल लेखापढी कानुन व्यावसायिक समिति बारा अध्यक्ष यादवले बताउनुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: मध्यरातिमा नापी कार्यालय कलैयाबाट सिम्रौनगढ सामान लगियो ,मुद्दा चलिरहेको अवस्थामा कार्यालय सार्ने बिषयले तंरग पैदा ,मालपोत र नापी कार्यालयमा अाधिकारी कुनै माथिल्लो निकायबाट पत्र नअाएको खुलासा ,कानुन उपहास गरेको सरोकारवालाको भनाइ
मध्यरातिमा नापी कार्यालय कलैयाबाट सिम्रौनगढ सामान लगियो ,मुद्दा चलिरहेको अवस्थामा कार्यालय सार्ने बिषयले तंरग पैदा ,मालपोत र नापी कार्यालयमा अाधिकारी कुनै माथिल्लो निकायबाट पत्र नअाएको खुलासा ,कानुन उपहास गरेको सरोकारवालाको भनाइ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyZcAE-r18H3yGDcPIG2w1DkjwCIIajbmG9_1EyunrSVqABJKgAtan5BeMcqibtKpjSAAn-plI8qn97FHVe4VTFu_K9r5liUIEsjEuX0OKkeMWFmbh7LQwei1ZwEZrvzwjzvMHfmTrNk0OBbiVQIUZceLdS-Q1L3jyCaW38DcD8MyZidWJymL7d7VKwQ/s320/image3__01.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyZcAE-r18H3yGDcPIG2w1DkjwCIIajbmG9_1EyunrSVqABJKgAtan5BeMcqibtKpjSAAn-plI8qn97FHVe4VTFu_K9r5liUIEsjEuX0OKkeMWFmbh7LQwei1ZwEZrvzwjzvMHfmTrNk0OBbiVQIUZceLdS-Q1L3jyCaW38DcD8MyZidWJymL7d7VKwQ/s72-c/image3__01.png
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_457.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_457.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content