स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक

SHARE:

गलेश्वर। म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ ।

 नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ । नेपाल भाषा मंकाःखलः को मूल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीको दिनदेखि देखाउन सुरुआत भएको बर्खेनाचअन्तर्गत आइतबार बेनीमा लाखे नाच, नागानागिनी, सापारु नाच  प्रदर्शन गरिएको छ । नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ ।

यहाँ पुस्तौँदेखि गठे मङ्गल, लाखे नाच, घोडा नाच, जोगी नाच, गोरु नाच, रोपाइँ नाच, भोटे नाच, शिकारी नाच, नागानागिनी, सापारु र हनुमान नाचलगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउने गरेको नेवार समुदायका अगुवा युवा विनय श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्खाको रोपाइँ सकिएपछि घण्टाकर्णदेखि सुरु हुने नाचहरु हेर्न  वरपरबाट मानिस बजार झरी बजार व्यवसाय वृद्धि हुने, प्रतिभाको प्रस्फुटनमा सहयोगी बन्ने मात्रै होइन यस्ता नाचले ऐेतिहासिक र धार्मिक महत्वलाई  पनि उजागर गर्ने गर्दछन् ।

बेनीमा अहिले पुरानो शिकारी नाच लोप भइसकेको छ । भोटे नाच पनि लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकीको रुपमा मात्र देख्न पाइने र आजकल औपचारिकरुपमा प्रदर्शन नभएको हनुमान नाच विगत सात वर्षयता देखाउन सकिएको छैन । यसअघि सञ्चालन भएको हनुमान नाचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक सङ्कलन गरी भवन र मन्दिर स्थापना गरेको थियोे ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारले बर्खेनाचमा अभिनयसहित नृत्य देखाउने गर्छन् । यस वर्ष आगामी भदौ १४ गते हरितालिका तिजको दिनसम्म बेनीको सांस्कृतिक पहिनाचको रुपमा रहेको बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउन थालिएको नेपाल भाषा मंका ः खल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने उहाँले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शनपश्चात् साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ ।

ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडिी बर्खेनाचको लागि  नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । भिन्नभिन्न सांस्कृतिक महत्व बोकेको नाचमध्ये सापारुलाई विशेष महत्वको रुपमा लिइन्छ । विशेष गरी ऋषि तर्पणी (रक्षा बन्धन) र गाईजात्रा गरी दुई दिन लगाएर एक वर्षभित्र स्वर्गारोहण भएका मृतकको सम्झनामा टया मचा (अग्लो मान्छे) बनाएर बजार परिक्रमा गरिन्छ । यसो गर्दा मृतकको स्वर्गमा बास हुन्छ भन्ने लोक विश्वास रहिआएको छ ।
 
नेवार समुदाय मात्र होइन सम्पूर्ण बजारवासीसहित आफन्तजन उपस्थित भएर नागानागिनी नाचसहित नेवारी गीत गाएर पहिलो दिन श्री लक्ष्मी नारायण मन्दिरबाट निकाली  बजार परिक्रमा गरी भोलिपल्ट मृतकको घरमा भित्र्याउने परम्परा रहेको छ । तीजमा श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाचको विधिवत् समापन हुन्छ । श्रीकृष्ण भगवान् र लाखेको लडाइँ हेर्न ठूलो भीड जम्मा हुने गर्छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अग्रजले धानेको परम्परा मंकाः खलः को संस्थागत विकासपछि व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्खेनाच नेवार समुदायको मात्र नभई म्याग्दीकै सम्पत्ति हो । यसबाट सबै जातजाति संलग्न हुने र प्रतिभा उजागर गर्ने अवसर जुटेको छ ।” उहाँले भन्नुभयो, “लोप हुन लागेको नारु पुनर्जीवित गर्ने प्रयासमा छौँ । यसको लागि स्थानीय तह सरकार, युवा पुस्ता र सबै बजारवासीको सहयोगको खाँचो छ ।”

खलःले विगतमा भक्तपुरबाट मुल नेवारी गुरु ल्याएर सामूहिक बेल विवाह र व्रतबन्ध सम्पन्न गरेको थियोे । त्यस्तै नेवारी भाषा कक्षा, धिमे बाजा र बासुरीको प्रशिक्षण एवं अग्रज कलाकारद्वय प्रकाशकुकार श्रेष्ठ र सञ्जयकुमार श्रेष्ठको प्रशिक्षकत्मा हार्माेनियम र मृदंगा तालिम सम्पन्न गरेको थियोे ।

“पुस्ता हस्तान्तरणको महसुस गरिएको छ”, लामो समय बर्खेनाच संरक्षणमा योगदान पु¥याएका खलः सांस्कृतिक उपसमिमतिका संयोजक सञ्जयकुमार श्रेष्ठ भन्नुहुन्छ, “नाच्ने, गाउने र बजाउनेमा पुरानै पुस्तामा भर पर्नुपर्ने बाध्यतालाई कम गर्न यस वर्ष युवापुस्तालाई अघि सार्ने र अवसर दिने प्रयास गरिएको छ, जस्ले आगामी पुस्तामा पनि यी नाच संरक्षित हुँदै जीवन्त रहने विश्वास लिएका छौँ ।”


प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,1713,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक
बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_39.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_39.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content