Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

त्रिशूली अस्पतालमा डायलासिस सेवा सुरु

त्रिशूली। नुवाकोटको त्रिशूली अस्पतालले ५८औँ वार्षिकोत्सवको अवसरसँगै डायलासिस सेवा सुरु गरेको छ । त्रिशूली अस्पतालमा आयोजित कार्यक्रममा स्वा...

त्रिशूली। नुवाकोटको त्रिशूली अस्पतालले ५८औँ वार्षिकोत्सवको अवसरसँगै डायलासिस सेवा सुरु गरेको छ । त्रिशूली अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवालाई नियमित, गुणस्तरीय तथा प्रभावकारी बनाउने क्रममा डायलासिस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइयो । अस्पतालले प्रवाह गर्ने सेवा विस्तारको क्रममा उक्त सेवाको सुरुआत भएको घोषणा गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रमसिंह ठकुरीले अस्पतालले बनाएको छवी कायम राख्दै विस्तारित सेवालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

त्रिशूली अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु भएसँगै मिर्गौला परीक्षणको लागी काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिर्गौलाले सामान्यरूपमा काम नगरेको व्यक्तिको रगत शुद्ध बनाउने सेवा त्रिशूली अस्पतालमा सुरु गरिएको हो । नुवाकोटसहित रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा दिँदै आएको त्रिशूली अस्पताल ५० शय्याको भए पनि हाल १०० शय्यामा स्तरोन्नतिको लागि प्रयास भइरहेकाले कार्यान्वयन गराउन सबै पक्षबाट सहयोग हुनुपर्ने अस्पतालका मेसु डा पाण्डेले बताउनुभयो ।

“अस्पतालमा ५९ जनाको स्थायी दरबन्दी भए पनि हाल २८ जना कार्यरत रहेका छन्”, उहाँले भन्नुभयो, “सेवा नियमित राख्न एक सय ४० स्वास्थ्यकर्मी–कर्मचारी विभिन्न स्रोतबाट अस्पतालले व्यवस्थापन गरेको छ ।”

गत आवमा अस्पतालले सात सय ५३ लाई ठूलो शल्यक्रिया र पाँच हजार एक सय तीनलाई सानो शल्यक्रिया सेवा उपलब्ध गराएको वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइएको छ । अस्पतालका अध्यक्ष राजु पण्डितका अनुसार एक वर्षमा बहिरङ्ग सेवामार्फत ६५ हजार एक सय २० लाई सेवा दिइएकोमा चालु आर्थिक वर्षमा सेवा प्रवाहमा गरिएको विस्तारले एक लाख बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ ।

“न्यूनतम सेवा मापदण्डमा देशभरका सरकारी अस्पतालमध्ये आव २०७७/०७८ मा ८३ अङ्क ल्याएकोमा गत आव २०७८/०७९ मा ९४ अङ्कको साथ उत्कृष्ट अस्पताल घोषित भएको थियो । अस्पतालले हासिल गरेको सेवाको गुणस्तर जोगाउनु नै अस्पतालको लक्ष्य छ”, अध्यक्ष पण्डितले भन्नुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content