Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालन

रुपन्देही । ग्रामीण क्षेत्रमा व्यवस्थित पशु हाटबजार नहुँदा समस्या झेलेका रुपन्देहीको दक्षिणी क्षेत्रका किसानलाई सहजता बनाउने गरी हाटबजार सञ...

रुपन्देही । ग्रामीण क्षेत्रमा व्यवस्थित पशु हाटबजार नहुँदा समस्या झेलेका रुपन्देहीको दक्षिणी क्षेत्रका किसानलाई सहजता बनाउने गरी हाटबजार सञ्चालनमा ल्याइएको छ ।

सियारी गाउँपालिका–२, च्याङ्गठामा विश्व बैङ्कको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएपछि स्थानीयलाई सहज भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बजारको शुभारम्भ गर्दै ग्रामीण क्षेत्रमा यस्ता हाटबजारले किसानलाई सहज हुने बताउनुभयो ।

हाटबजारमा पशुको स्वास्थ्य जाँच, तिनीहरूको खरिद बिक्री, दाना पानी खुवाउने व्यवस्था गरिएको छ । गाई भैँसी बिक्री नभए केही दिनलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ । किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल बनेको छ । पशु हाटबजारमा प्राविधिक र व्यवस्थापकीय सेवा गाउँपालिकाले गर्ने छ । उत्पादनशील गाईभैँसी र मासुका लागि पाडो, राँगो र भैँसी राख्ने व्यवस्था छ ।

हाटबजार सञ्चालनका व्यवस्थापनका लागि खरिद कर्ताबाट भने तीन सय रुपैयाँ लिने गाउँपालिकाले जनाएको छ । पशु हाटबजार दुई विघा क्षेत्रफलमा फैलिएको छ । यहाँबाट एक हजार पशु चौपाया खरिद बिक्री गर्न सकिन्छ ।

किसानलाई गाई भैँसीको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यका साथ नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले हाटबजार निर्माण गरेको आयोजना प्रमुख गान्धीराज उपाध्यायले बताउनुभयो ।

हाटबजारमा पशु चिकित्सकको व्यवस्था गरिएको छ । जहाँ किसानले ल्याएका पशु चौपायाको निःशुल्क उपचार हुने गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिनुभयो । अत्याधुनिक पशु हाटबजारमा निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा लिन पाइने भएपछि किसानहरू खुसी भएका छन् ।

हाटबजारमा पशु चौपाया बिक्री गर्दा उचित मूल्य पाइने र सहज रुपमा बिक्री गर्ने वातावरण तयार भएको किसानहरूको अनुभव छ । धेरै व्यापारीसँग मोलतोल गर्न सकिने भएकाले पनि किसानहरूले आफ्नो उचित मूल्य पाउने विश्वास गरेको मायादेवी गाउँपालिकाका किसान दिपचन्द्र यादवले बताउनुभयो ।

हाटबजार सञ्चालनका लागि समिति गठन गरिएको छ । सियारी च्याङ्गठा पशु हाटबजार सञ्चालक समितिले साप्ताहिक हाटबजार अन्तरगत हरेक आइतबार बजार सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content